logo

bar

लमजुङमा सिभिल बैंकको पाँच वटा शाखा स्थापना

शान्ता कमली लमजुङ | पुष ११, २०७४

सिभिल बैंक लिमिटेडले लमजुङका विभिन्न स्थानमा गरि पाँच वटा शाखा सञ्चालनमा आउने भएको छ । मस्र्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले बजारमा मंगलबार बैँकको ५४ औँ शाखा उद्घाटन गरिएको छ ।

शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले ग्रामीण क्षेत्रमा बैंक विस्तार हुनुले आर्थिक सम्वृद्धीमा टेवा पुग्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण अर्थतन्त्रमा सुधार गर्नेगरि बैंकले सेवा दिने बताए । उनले कृषि, पशुपालन, उद्योग ब्यवसाय जस्ता क्षेत्रमा लगानी बढाएर स्थानीयको आर्थिक सम्वृद्धिमा बैंकले सहयोग गर्ने बताए ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बैंक स्थापनाले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । गाउँमा बैंकमा स्थापना भएपछि स्थानीय खुसी भएका छन् । लमजुङमा विभिन्न बैंकका १८ शाखा रहेका छन् ।

मस्र्याङ्दी गाउँपालिकामा सञ्चालन आएसँगै क्होलासोथार र राइनस नगरपालिकामा सञ्चालनमा आएको छ भने सदरमुकाम बेसीशहर र दुधपोखरी गाउँपालिकामा समेत शाखा विस्तार गरीने भएको छ । कार्यक्रमको अवसरमा सिभिल बैंकद्वारा मस्र्याङदी गाँउपालिका तथा मातहतका वडा कार्यालयहरुलाई १० थान कम्प्यूटर गरेको छ ।

गाउँपालिकामा बैंक स्थापना भएसँगै स्थानिय खुसी
गाउँपालिकामा सिभिल बैंकको स्थापना भएसँगै स्थानिय खुसी भएका छन् । मंगलबार मस्र्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले बजारमा बैंक उद्घाटन कार्यक्रममा भेटीएकी ६८ वर्षिया विष्णुमायाँ गुरुङ निकै खुसी देखिन्थीइन् कारण थियो गाउँपालिकामा नै बैंक स्थापना हुनु ।

उनले भनिन् छोराले विदेशबाट पैसा पठाएनी निकाल्नका लागी सदरमुकाम बेशिसहर जानुपथ्यो अब त घर अगाडि नै बैंक आयो सजिलो हुने भयो । पहिले पहिले सदरमुकामबाट घर आउँदा पैसा हराउने चोरी हुने डर थियो । उनी मात्र होइन मस्र्याङ्दी गाउँपालिकाकी कृष्ण कुमारी गुरुङ पनि गाउँपालिकामा सिभिलको शाखा स्थापना भएकोमा निकै खुसी छन् ।

उनले भनिन् श्रीमानले पठाएको पैसा निकाल्न सदरमुकाम नै आउनुपथ्यो अब भने त्यो समस्या टरेको छ । उनले भनीन् खर्च गरेर बचेको पैसा बैंकमा नै बचत हुने भयो हराउने चोरी हुने डर भएन । गाउँपालिकाभित्र रहेका ४ हजार २ सय ९ घरधुरी लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया