logo

bar

पानीको वहाव घटेपछि विद्युत उत्पादनमा गिरावट

विष्णु शर्मा दैलेख | पुष ११, २०७४

पानीको वहाव घटेपछि विद्युत उत्पादनमा गिरावट अाएकाे छ । दैलेख सदरमुकामदेखि १६ किमि उत्तरपूर्वमा पर्ने नौमुले गाउँपालिकास्थित द्धारीखोलामा उत्पादित जलविद्युत आयोजनामा पानीकाे वहाव कमी भएपछि उत्पानदमा गिरावट अाएकाे हाे । ३.७५ मेगावाटको विद्युत उत्पादन क्षमता रहेको विद्युत आयोजनाबाट अहिले ६ सय किलोवाट मात्र विद्युत उत्पादन भएको छ ।

खोलामा पानीको मात्रा कमि भएपछि विद्युत उत्पादन घटेको हो । समयमै वर्षा नभएका कारण मंसिरदेखि निरन्तर ६ सय किलोवाट मात्र विद्युत उत्पादन भएको प्राविधिक अनिल थापा मगरले जानकारी दिए ।

सुर्खेतदेखि दैलेखसम्म ३३ केभिए क्षमताको विद्युत लाईन विस्तार समेत भैसकेकाले अहिले उत्पादन भएको विद्युत प्रसारणमा सहजता भएको उनले जानकारी दिए । कम्पनीका अनुसार उत्पादन भएको विद्युत दैलेख सदरमुकाममा रहेको पावर हाउसबाट जिल्लाभित्र वितरण गरिन्छ र बाँकी रहेको विद्युत राष्ट्रिय प्रसारण लाईनमा वितरण गरिन्छ ।

अहिले द्धारीखोलामा विद्युत उत्पादन गरेको कम्पनीले डोल्टिपावर कम्पनी अन्तरगत दैलेखको नौमूले गाउँपालिकामै पादमखोला विद्युत उत्पादनको काम पनि गरेको छ । नौमूले गाउँपालिका वाडा नं. ४ कालीकामा ड्याम निर्माण गरी ५७ स्क्वायर किलोमिटरबाट पानी ल्याई नौमुले गाउँपालिका १ मा पावरहाउस बनाइने भएको छ ।

नौमूले बजारबाट १ किलोमिटर टाढाको दुरीमा विभिन्न ३ वटा विद्युत उत्पादन गृहहरु निर्मााण हुन थालेपछि नौमूले गाउँपालिकाले विकासमा फड्को मार्न थालेको छ । बिगत पाँच महिनादेखि नौमूलेमै ४.५ मेगावाटको पदमखोला हाइड्रो पावरको काम सुरु गरिएको भएपनि ४.२ मेगावाट क्षमताको लोहोरे हाइड्रोको काम भने रोकिएको छ । कम्पनीले रकम जुटाउन नसकेका कारण काम रोकिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु