logo

bar
logo
Advertisment
SKIP THIS

भारतद्वारा टी–२० सिरिज क्लिनस्विप

एजेन्सी मुम्बई | पुष ११, २०७४

मुम्बईको वानखडे मैदानमा भएको तेस्रो तथा अन्तिम टी–२० खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै भारतले शृंखला ३–० ले क्लिनस्विप गरेको छ । १ सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले अन्तिम खेल जित्न सहज भने भएन ।

भारतलाई जित दिलाउने क्रममा महेन्द्रसिंह धोनीले अविजित १६ तथा दिनेश कार्तिकले अविजित १८ रनको इनिङ खेले । भारतले ४ बल बाँकी रहँदा जित निकालेको थियो ।

श्रीलंकाको कमजोर योगफल
श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १ सय ३५ रन बनायो । श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतका जयदेव उनडकाट र हार्दिक पाण्ड्याले समान २-२ विकेट लिए ।

त्यस्तै, वासिंग्टन सुनदर, मोहमेद्ध सिराज र कुलदीप यादवले समान १-१ विकेट लिएका थिए । श्रीलंकाका लागि दस गनारत्नेको ३६ रन सर्वाधिक रह्यो । खराब सुरुवातका कारण दबाबमा परेको श्रीलंका मध्यक्रममा केही सम्हालिने प्रयास गरे पनि सफल हुन सकेन ।

ओपनर डिकवेला १ रनमै आउट हुँदा उपुल थरंगा ११ रन बनाएर पेभिलियन फर्किए । कुशल परेरा पनि चल्न सकेनन् । परेरा ४ रनमै आउट भएपछि सदेरा समराविक्रम र गुनारत्नेले केही समय श्रीलंकालाई धानेका थिए ।

समराविक्रमले १७ बलमा २१ रन बनाउँदा गुनारत्नेले ३६ रन बनाए । त्यसपछि, पछिल्लो क्रममा आएका दसुन सनाकाले अविजित २९ रन बनाउँदै श्रीलंकाको कमजोर योगफल टारेका थिए ।

१ सय ३६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको भारत ४ बल बाँकी छँदा लक्ष्य पूरा गर्न सफल भएको थियो ।

भारतका लागि श्रेयस आयर र मनीष पाण्डेले समान ३०-३० रनको योगदान दिँदा अघिल्लो खेलमा शतक प्रहार गरेका रोहित शर्मा २७ रनमा आउट भएका थिए ।

के एल राहुल ४ रनमै पेभिलियन फर्किंदा भारतलाई जित दिलाउन दिनेश कार्तिक र महेन्द्रसिंह धोनीले क्रमशः १८ र १६ रनले साथ दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु