logo

bar
logo
Advertisment
SKIP THIS

देश परदेश : राष्ट्रसंघीय प्रतिबन्धको अर्थ

| पुष १०, २०७४

राष्ट्रसंघीय प्रतिबन्धको अर्थ- उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले ऊमाथि लगाएको पछिल्लो प्रतिबन्धलाई प्रत्यक्ष ‘युद्ध सुरु गर्ने व्यवहार’ भएको बताएको छ । सरकारी समाचार एजेन्सी केसिएनएले उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ– प्रतिबन्धको माध्यमबाट हाम्रो देशलाई आर्थिक रूपमा पूर्णतः ध्वस्त बनाउन कोसिस गरिँदै छ ।

समाचार एजेन्सीले भनेको छ कि सरकारको भनाइअनुसार उत्तर कोरिया आफ्नो बढ्दै गएको आणविक तथा सैनिक क्षमताले अमेरिकालाई हतास बनाइरहेको छ । शुक्रबार उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उसमाथि नयाँ र थप कडा प्रतिबन्ध लगाएको थियो । सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रले अमेरिकी प्रस्तावको समर्थन गरेका छन् । यी प्रतिबन्धका कारण उत्तर कोरियाको पेट्रोलियम पदार्थको आयात ९० प्रतिशतसम्म कटौती गरिदिनेछ ।

अमेरिका हाम्रो देश आणविक शक्ति सम्पन्न भएको महान् र ऐतिहासिक उपलब्धिबाट व्यापक रूपमा डराएको छ । र, हामीमाथि दबाब बढाउन अहिलेसम्मको सबैभन्दा कडा प्रतिबन्ध लगाउने दिशामा बढिरहेको छ ।

उत्तर कोरियाको भनाइ

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको ताजा प्रतिबन्ध युद्धका लागि उक्साउने कार्य भएको बताएको छ । उसले अगाडि भनेको छ– यो हाम्रो गणराज्यको सम्प्रभुताको हिंसात्मक उल्लंघन तथा युद्धको घोषणाजस्तै गतिविधि हो, जसले कोरियाली प्रायद्वीप र एक व्यापक क्षेत्रको शान्ति र स्थिरतालाई ध्वस्त गर्ने खतरा छ ।

उत्तर कोेरियाले थप भनेको छ– अमेरिका हाम्रो देश आणविक शक्ति सम्पन्न भएको महान् र ऐतिहासिक उपलब्धिबाट व्यापक रूपमा डराएको छ । ऊ बढीभन्दा बढी हैरान भइरहेको छ । र, हामीमाथि दबाब बढाउन अहिलेसम्मको सबैभन्दा कडा प्रतिबन्ध लगाउने दिशामा बढिरहेको छ ।

उत्तर कोरियाको थप भनाइ छ– हामी आफ्नो आत्मरक्षात्मक आणविक शक्तिलाई थप मजबुत गर्नेछौँ ताकि हामी अमेरिकाबाट आणविक आक्रमण, ब्ल्याकमेल र शत्रुतापूर्ण व्यवहारका खतरालाई पूणतः समाप्त गर्न सकौँ ।

र, अमेरिकासित एक व्यावहारिक सन्तुलन बनाउन सकौँ । उता अमेरिकाको भनाइ छ कि ऊ यस विषयमा कूटनीतिक समाधान चाहन्थ्यो । तर, जुन ताजा प्रतिबन्धको सूची उसले तयार गरेको छ, त्यसअनुसार उत्तर कोरियामाथि निम्न प्रतिबन्ध लाग्नेछ :

– पेट्रोललगायत इन्धन आयातको सीमा वर्षमा पा“च लाख ब्यारेल र कच्चा तेलको सीमा ४० लाख ब्यारेल प्रतिवर्ष कायम गरिएको छ । पहिले लगाइएका प्रतिबन्धमा उत्तर कोरियाका लागि पेट्रोलियम पदार्थको निर्यातमा ५५ प्रतिशत कटौती गरिएको छ । यस ताजा प्रतिबन्धले थप बढाइदिएको छ ।

– विदेशमा काम गर्ने सबै उत्तर कोरियाली नागरिकले २४ महिनाभित्र स्वदेश फर्किनु पर्नेछ । र, यसबाट देशमा विदेशी मुद्रा भित्रिने कार्यमा पनि प्रतिबन्ध लगाइदिनेछ ।

– उत्तर कोरियाली मेसिनरी र बिजुलीका उपकरणजस्ता वस्तुको निर्यातमाथि पनि प्रतिबन्ध लगाइनेछ ।

आणविक आक्रमण

उत्तर कोरियामाथि पहिल्यैदेखि अमेरिका, युरोपेली संघ र संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । २८ नोभेम्बरमा उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । त्यसपछि लगाइएको यस प्रतिबन्धलाई अमेरिकाले अहिलेसम्मको सबैभन्दा कडा रहेको बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि आणविक आक्रमण गरेको अवस्थामा उत्तर कोरियालाई ‘पूर्णतः नष्ट’ गरिनेछ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिको टिप्पणीको तुलना ‘कुकुर भुकाइ’सित गरेका थिए । साथमा उनले थप भनेका थिए– मानसिक रूपमा विक्षिप्त आगोसित खेल्ने सोख राख्ने अमेरिकी बूढालाई निश्चित रूपमा नियन्त्रणमा राख्नेछु ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम÷हिन्दीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु