logo

bar

एल क्लासिकोमा बार्सिलाेना विजयी, रियल ३–० ले पराजित

एजेन्सी काठमाडौं, ८ पुस | पुष ०८, २०७४

स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्सासिकोमा बार्सिलोनाले बाजी मारेको छ । बार्साले चिरप्रतिद्वन्द्वी रियाल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हरायो ।

बार्सिलोनाबाट लुइस सुआरेज, लियोनल मेसी र एलेक्सिज भिडालले दोस्रो हाफमा एक–एक गोल गरे । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

लियोनल मेसीले पेनाल्टीमा खेलको दोस्रो गोल गर्नुअघि रियल १० खेलाडीमा सिमित भइसकेको थियो । जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ला–लिगामा एक खेल कम खेलेको रियल म्याड्रिडसँग १४ अंकको अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया