logo

bar

दोषी ठहरिएपछि उपप्रधानमन्त्री बर्खास्त

एजेन्सी लन्डन, ७ पुस | पुष ०७, २०७४

बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनलाई पदबाट बर्खास्त गरिएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा दोषी पाइएपछि उनलाई प्रधानमन्त्री थेरेसा मेले बर्खास्त गरेकी हुन् । ग्रिनको बर्खास्तीपछि बेलायतमा नयाँ राजनीतिक समस्या निम्तिएको विश्लेषण गरिएको छ ।

आचारसंहिता उल्लंघन गरेको भन्दै केही महिनादेखि उनीमाथि अनुसन्धान भइरहेको थियो । उनीमाथि सन् २००८ मा आफ्नो राजनीतिक दलका एक महिला सहकर्मीमाथि दुव्र्यवहार गरेको र अश्लील दृश्यहरू कम्प्युटरमा पठाएको आरोप लागेको थियो । ती महिलालाई पठाएका अश्लील सन्देश उनको कम्प्युटरमा भेटिएको थियो ।

ती सामग्रीहरूका अतिरिक्त उनले आफ्नै कन्जरभेटिभ दलकी एक महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । ग्रिन प्रधानमन्त्रीथेरेसा मेका निकट राजनीतिज्ञ मानिन्छन् । उनीहरूबीच अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दादेखि नै चिनजान थियो । बेलायत इयूबाट

बाहिरिनेलगायत कैयौँ चुनौतीकामाझ नजिकका मित्र र साझेदारको साथ गुम्नु मेका लागि कठिन हुनेछ । ब्रेक्जिटबारे सहमति जुटाउन गम्भीर वार्तामा सक्रिय रहेकै वेला उपप्रधानमन्त्रीको बर्खास्तीले प्रधानमन्त्रीलाई समस्या पर्ने विश्लेषण गरिएको छ । यसैबीच, उपप्रधानमन्त्री ग्रिनले आफूले कुनै गल्ती नगरेको बताएका छन् । विरोधीहरूले आफूलाई फसाएको उनले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु