logo

bar
logo
Advertisment
SKIP THIS

सुपर ग्यास उद्योगमा यसरी लाग्याे अागाे

अजित अधिकारी काठमाडौं, ५ पुस | पुष ०५, २०७४

वीरगञ्ज महानगरपालिकाको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागीका सम्बन्धमा नेपाल ग्यास उद्योग संघले राजधानीमा पत्रकार सम्मेलन गरेको छ ।

कार्यक्रममा नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुलप्रसाद भण्डारी तथा निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले आगो लाग्नुको कारण तथा क्षतिका सम्बन्धनमा जानकारी दिएका थिए ।

उद्योगमा बिहान ६ बजेको समयमा बुलेटबाट स्ट्रोरेज् ट्यांकमा ग्यास अनलोड गर्ने क्रममा आगलागी भएको अध्यक्ष भण्डारीले बताए । उद्योगमा काम गर्ने ६ जना कर्मचारी र चार जना बुलेटका स्टाफ गरी १० जना थिए ।

आगलागीमा दुई जना कामदारको मृत्यु भएको छ भने ६ जना घाइते भएको छन् । आगलागीकै समयमा उद्योगमा रहेका चार वटा बुलेट सुरक्षित स्थानमा सारिएकोले ठूलो दुर्घटनाबाट बचेको अध्यक्ष भण्डारीले बताए ।

उद्योग नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने आगलागी भएको स्थानदेखि एक किलोमिटर वरपर आउजाउ समेत बन्द गरिएको छ ।

तस्बिर : गुगलबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु