logo

bar

वाम गठबन्धनलार्इ राष्ट्रपतिकाे सुझाव, ‘राजनीतिक सहमति गरेर अाउनुस्’

नयाँ पत्रिका काठमाडौं, ५ पुस | पुष ०५, २०७४

राष्ट्रिय सभाको निर्वाचन तथा पछिल्लो राजनीति गतिरोध अन्त्यका लागि वाम गठबन्धनका शिर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश जस्ताको त्यस्तै जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेका बेला वाम गठबन्धनका शिर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, पूर्वसभामुख सुवास नेम्वाङ तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ आज राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए ।

भेटघाटका क्रममा राष्ट्रपति भण्डारीले राजनीतिक सहमतिबाट समस्याको समाधान खोज्न आग्रह गरेको संचार विज्ञ माधव शर्माले जानकारी दिए ।

कांग्रेसले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा हुनुपर्नेमा जोड दिँदै अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेको छ ।

यता एमालेले भने बहुमतीय प्रणालीबाट राष्ट्रियसभाको निर्वाचनमा लागि दबाब दिईरहेको छ । माओवादीले भने राजनीतिक सहमतिका आधारमा समाधान गर्नु पर्ने निष्कर्ष निकाल्दै मध्यमार्गी बाटो अपनाएको छ ।

तपाईको प्रतिक्रिया