logo

bar

युवापुस्तालाई नयाँ नेपालको खाका सुम्पिन आतुर : प्रचण्ड

नयाँ पत्रिका काठमाडाैँ | पुष ०४, २०७४

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले युवा पुस्तालाई नयाँ नेपालको खाका सुम्पिन आतुर रहेको बताएका छन् । एमाले निकट युवा संघ नेपालका पदाधिकारीहरुसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

‘वाम तालमेल गरेर चुनावमा जाँदा नतिजा पनि आशा गरेअनुसार नै आयो । चुनावकै बेला जनताले तालमेल र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् ।’

उनीहरुलाई प्रचण्डले भने,‘हामी पार्टी एकता गरी नयाँ नेपाल निर्माण गर्नका लागि कटिवद्ध छौँ । युवा पुस्तालाई राजनीतिक स्थिरता, विकास र नयाँ नेपाल दिने ओलीजी र मेरो संकल्प हो ।’

जीवनको उत्तरार्धमा रहेकाले पनि चाँडै युवा पुस्तालाई नयाँ नेपाल हस्तान्तरण गर्ने उनको प्रतिवद्धता छ । प्रचण्डले भने,‘युवापुस्तालाई विकसित नयाँ नेपाल दिने अठोटसहित जोखिम उठायौँ, अव चाँडै नै नयाँ नेपालको खाका दिन्छौं ।’

उनले पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेकाले छिट्टै एकताको प्रक्रिया अघि वढ्ने पनि बताए । टोलीले प्रचण्डलाई प्रतिनिधिसभामा विजयी भएकोमा वधाई दिँदै पार्टी एकतालाई चाँडो पूर्णता दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु