logo

bar

किन घट्यो संस्कृत शिक्षाप्रतिको आकर्षण ?

मिलनप्रकाश ढुङ्गाल बैतडी | पुष ०४, २०७४

बैतडीमा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ । जिल्लाका दुईवटामा विद्यालयमा माध्यामिक तहसम्म संस्कृत शिक्षाको पढाई हुने गरेपनि विद्यार्थीको संख्या न्यून छ । संस्कृत पढाई हुने कक्षाकोठमा कुनै बेला खचाखच विद्यार्थी हुने गरे पनि विद्यालयमा अहिले विद्यार्थीको संख्या निकै कम छ ।

शंकर संस्कृत मावि मूलखटाली र सरस्वती मावि नगतडीमा संस्कृत शिक्षा पढाई हुन्छ ।
जिल्ला शिक्षा कार्यालय बैतडीका अनुसार चालु शैक्षिक सत्रमा शंकर संस्कृत माविमा संस्कृत पढ्ने विद्यार्थी शुन्य छन् । भने सरस्वती माविमा १३ जनाले मात्रै संस्कृत शिक्षा पढिरहेका छन् । संस्कृत भाषा, भाषाहरूको जननी भएपनि संस्कृत शिक्षाका बारेमा गलत बुझाइले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको जानकारहरू बताउँछन् ।

यो बिषयलाई कुनै वर्ग विशेषले मात्रै पढ्नुपर्छ भन्ने मान्यताले पनि यसप्रतिको आकर्षण घट्दै गएको शिक्षकहरु बताउछन् । ‘संस्कृत शिक्षामा भएका सकारात्मक कुराको प्रचारप्रसार नहुनाले पनि संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दैछ ।’ शंकर संस्कृत माविका शिक्षक परमानन्द अवस्थीले भने ।

संस्कृत शिक्षाले नेपाली भाषाको पठन र लेखनमा समेत शुद्धता ल्याउने भएपनि संस्कृत शिक्षा पढ्नेको संख्या घटेसँगै शुद्धसँग नेपाली भाषाको पठन र लेखन गर्न सक्ने नागरिक पनि घट्दै गएका छन् । संस्कृत भाषा पढाई हुने विद्यालयमा संस्कृत पढ्ने विद्यार्थी नहुँदा साधारण तर्फको पढाई सुरु गरिएको शंकर संस्कृत मावि मूलखटालीका शिक्षक परमानन्द अवस्थीले बताए । संस्कृत शिक्षाले अनुशासन र नैतिकताको पाठ समेत सिकाउने गरेको यसका जानकारहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया