logo

bar

सुरक्षित मातृत्वका लागि ५ हजार प्रोत्साहन भत्ता

ज्ञानु पंगेनी नवलपरासी, ४ पुष | पुष ०४, २०७४

नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रम संचालन गरेको छ ।

गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले गाउँपालिकाले प्रोत्साहन स्वरुप स्वाथ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमाहरुका लागि जनही ५ हजार रुपैया प्रोत्साहन भत्ता प्रदान गरेको छ ।

 

गाउँपालिककी अध्यक्ष लक्ष्मी पाण्डेले महिलाहरुका लागि केही गर्नुपर्छ भन्ने साेचेर गाउँपालिकाको पहिलो निर्णय नै सुत्केरी भत्ताबाट गरेको बताइन् ।

मंगलबार गाउँपालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सुत्केरी आमाहरुलाई रकम प्रदान गरिएको छ । गत साउनदेखि मंसिरसम्म ९३ जना सुत्ेकरी आमालाई पाँच हजार रुपैयाँ वितरण गरेको छ ।

यो कार्यक्रमले महिलाहरुमा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र बच्चा जन्माउन प्रोतसाहन हुने विश्वास अध्यक्ष पाण्डेले दिएकी छन् । आगामी दिनमा रकम बढाउँने लैजाने र नयाँ नयाँ कार्यक्रम ल्याउने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु