logo

bar

सस्तो सामानको लोभमा ठगिए पोखरेली, रातारात ४ करोड ठगेर ३ भारतीय फरार

रोहितराज पराजुली कास्की, ४ पुस | पुष ०४, २०७४

सस्तो सामानको लोभमा पर्दा पोखरामा सयाैं सर्वसाधारण ठगिएका छन् । पोखरा ८ सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स संचालन गरेर बसेका तीन जना भारतीय नागरिक करिब चार करोड ५० लाख ठगेर फरार भएपछि बल्ल आफूहरु ठगिएको चाल पाए उनीहरूले ।

ट्रेडर्सका संचालकहरुले नगद पैसा दिएको १५ दिनपछि आधा मूल्यमा सामान दिने भन्दै एक उपभोत्ता बाट एक हजारदेखि ४ लाख रुपैयाँसम्म उठाएर फरार भएका हुन् ।

कर कार्यालयमा प्यान नम्बर लिएर संचालन गरेको टेर्डसमा उनीहरुले एलसिडी टिभी, दराज, सोफा, मोवाईल, फिज, बासिङ मेसिन, किचनका सामाग्रीसहित घरमा प्रयोग हुने सबैजसो सामान राखेका थिए ।

ठगिएका सर्वसाधारण र रातो घेरामा रातारात ४ करोड ५० लाख ठगेर फरार ३ भारतीय नागरिक बच्चु रमण, राजेन्द्र सेठी र मृर्खानन्दम तोबर ।

पसलमा राखिएका सामान तत्काल किनेमा बजार मुल्य भन्दा केही बढी र १५ दिन पछि लगे बजार मुल्य भन्दा करिब ५० प्रतिशत छुटमा सामान दिने भनेपछि उपभोत्ताहरु छुटमा सामान पाईने भन्दै आकर्षित भएका थिए । अग्रिम रकम बुझाउनेलाई उनीहरुले प्यान नम्बर र मोवाइल नम्बरसहितको बिल दिएर पठाउने गरेका थिए ।

करिब दुई महिना अघि खुलेको सो पसलमा सुरु सुरुमा उनीहरुले आफुहरुले भने जस्तै छुटमा सामान समेत ग्राहकहरुलाई उपलब्ध गराउँदै आए । बिस्तारै पसलमा ग्राहकहरुको चाप बढेसँगै मोटो रकम उठाएर उनीहरु भाग्न सफल भए ।

अधिकांश उपभोत्ताहरुलाई पुस ३ गते (हिजो) अर्डर गरेको सामान लिन बोलाएका थिए । सामान लिन बोलाएपछि बिहानै पसल पुगेका सर्वसाधारण सटर बन्द भएको देखेपछि अचम्म परेका थिए । बिहान ९ बजे पसल पुगेकाहरु दिउसोसम्म कुर्दा र उनीहरुले दिएको फोन नम्बर सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेपछि आफुहरु ठगिएको भन्दै बिलौना गर्न थालेका थिए ।

ठग ३ जना तामिलनाडुका

पसल संचालन गरी फरार हुनेहरुमा तीनै जना भारतको तामिलनाडु राज्यका रहेका प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट तामिलनाडुस्थित तिचला पत्ली उरौ उरु थाना घर भएका बच्चु रमण, राजेन्द्र सेठी र मृर्खानन्दम तोबर रहेको खुल्न आएको छ ।

दुई साताअघि प्रहरीले पक्राउ गरेपनि ४ दिनमै किन छोड्याे ? 

मौखिक उजुरीको आधारमा करिब दुई साता अघि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । कसैको लिखित उजुरी नआएपछि चारमै रिहा भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले त्यसबेला प्रहरीले मौखिक उजुरीको आधारमा पक्राउ गरेपनि कसैको लिखित उजुरी वा निवेदन नआएपछि छाडेको बताए ।

पक्राउ परेका उनीहरुलाई ग्राहकहरुले नै हामी जिम्मा लिन्छै भनेर हिरासतबाट छुटाएर लगेको प्रवक्ता खत्रीले जानकारी दिए । पुस ३ गते उनीहरु बिरुद्ध ८० जनाले ठाडो निवेदन दिएको उनले बताए । एक हजारदेखि एक लाखसम्म ठगिएको भन्दै निवेदन दिनेहरुको घुईचो लागेको छ।

१ हजार देखि ४ लाख सम्म ठगी

उनीहरुले कति जना ग्राहकसित कति रकम लिए भन्ने यकिन तथ्यांक नभएपनि करिब ४ करोड ५० लाख जति रकम ठगी गरेको पीडित रिजन नेपालले बताए । नेपालका अनुसार, प्रतिव्यक्ति एक हजारदेखि चार लाखसम्म उठाएको खुल्न आएको छ ।

ठगिनेहरुमा सामान्य मजदुरी गरेर खाने, केही प्रहरी, पत्रकार, इन्जिनियर, चिकित्सकहरुसमेत रहेको बताइएको छ । बजारमा पाउने भन्दा आधा सस्तोमा सामान पाएपछि उपभोत्ताहरु आकर्षित भएको नेपालले बताए ।

उपभोत्ता ठगिनु प्रहरीको कमजोरी सोमबार दिनभर पसल अगाडि ठगिएका उपभोत्ताहरुको भिड लागेको थियो । नाम उल्लेख नगर्ने सर्तमा एक उपभोक्ताले भने, ‘प्रहरीले यस अघि उनीहरुलाई पक्राउ गरी चार दिनसम्म राख्दासमेत सोधी खोजी नगर्नु, उजुरी आएर भन्दै छाडिदिनु ।

अपरिचित मान्छे आएर एक्कासी कम्पनी खोल्नु, आधा सस्तोमा सामान दिन्छौं भन्दै लोभ लालच देखाउँदासम्म प्रहरी चुप लागेर बस्छ भने सर्वसाधारण ठगिनु त स्वभाविक हो नी ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु