logo

bar

ब्रेक्जिटको दोस्रो चरण

नयाँ पत्रिका काठमाडौं, २ पुस | पुष ०२, २०७४

बेलायत युरोपेली युनियनबाट मार्च २०१९ मा अलग हुनेछ । त्यसपछिको परिवर्तनका लागि सम्भावित दुई वर्षको समय लाग्नेछ । र, अघिल्लो वर्षको सुरुवातमा हुने कुराकानीमा यही विषय पहिलो मुद्दा बन्नेछ ।

युरोपेली युनियनका नेता बे्रक्जिटको दोस्रो चरणका सम्बन्धमा संवादका लागि राजी भएका छन् । तर, उनले भविष्यको सम्बन्धका लागि बेलायतलाई स्पष्ट हुनका लागि आग्रह गरेका छन् । बेलायत युरोपेली युनियनबाट मार्च २०१९ मा अलग हुनेछ । त्यसपछिको परिवर्तनका लागि सम्भावित दुई वर्षको समय लाग्ने छ । र, अघिल्लो वर्षको सुरुआतमा हुने कुराकानीमा यही विषय पहिलो मुद्दा बन्नेछ ।

मुस्किल हुने अगाडिको समय
बलायतकी प्रधानमन्त्री टेरेसा मेले सही मार्गमा एउटा महत्वपूर्ण ‘पाइला बढाएको’ भन्दै प्रशंसा गरेकी छिन् भने जर्मनीकी चान्सलर एन्जिला मर्केलले अगाडिको बाटो ‘थप कठिन’ हुने बताएकी छिन् । युरोपेली युनियनको काउन्सिलका अध्यक्ष डोनाल्ड टास्कले बताएका छन् कि ब्रसेल्समा भएको भेटवार्तापछि युरोपेली युनियनका २७ नेताले खुसीसाथ दोस्रो चरणतिर अघि बढ्नका लागि सहमति दिएका छन् ।

यस चरणसम्म पुगेको अवसरमा युनियनका ती नेताले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई बधाई दिएका छन् । उनले अगाडि भनेका छन्— अहिलेदेखि नै युरोपेली युनियनले अघिल्लो चरणको तयारी सुरु गर्नेछ । साथै, नेता टास्कले भनेका छन् कि यसका अतिरिक्त युरोपेली युनियन बेलायतको दृष्टिकोणलाई बढी व्यापक तरिकाबाट बुझ्नका लागि उसको सम्पर्कमा रहनेछ । उनले भनेका छन् कि अघिल्लो चरण थप चुनौतीपूर्ण र अधिक माग गर्ने अवस्थाको हुनेछ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेले भनेकी छिन् कि दुवै पक्षले भावी सम्बन्धबारे तत्काल चर्चा सुरु गर्नेछन् । उनले यस्तो अपेक्षा पनि गरेकी छिन् कि परिवर्तनकारी समयको दौरानमा व्यापारिक गतिविधिलाई सुनिश्चित गर्ने कार्यमा पनि छिटै प्रगति हुनेछ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेले थप अगाडि भनेकी छिन्— शान्तिपूर्ण र व्यवस्थित ब्रेक्जिटका लागि यो एउटा महत्वपूर्ण काम हो, जसका लागि जनताले जुन २०१६ मा मतदान गरेका थिए । उनले अगाडि भनेकी छिन्– बेलायत र युरोपेली युनियनले देखाएका छन् कि दुवै पक्षको प्रतिबद्धता र दृढताबाट के कस्तो हासिल गर्न सकिने रहेछ ।

लेबर पार्टीका इन्टरनेसनल ट्रेडका प्रवक्ता ब्यारी गार्डिनरले यस कदमको स्वागत गरेका छन् । यद्यपि, उनले भनेका छन् कि युरोपेली युनियनले थप तीन महिनासम्म व्यापारमाथि संवाद गर्न सुरु गरेन भने यसबाट व्यापारका लागि यो ‘वास्तविक समस्या’ हुनेछ ।

दिशानिर्देश जारी
लेबर पार्टीका इन्टरनेसनल ट्रेडका प्रवक्ता गार्डिनरले अगाडि भनेका छन् कि उनको पार्टीले ब्रेक्जिटपछिको परिवर्तनकाललाई लिएर कुनै समय सीमा निर्धारित गर्नेछैन । किनकि, जुन दुई वर्षको अवधिकाको अपेक्षा गरिँदै छ, त्यो निकै कम समय साबित हुनेछ । भविष्यको आर्थिक सहयोगका साथसाथै युरोपेली युनियनले दोस्रो चरणको कुराकानीलाई लिएर एक दिशानिर्देश जारी गरेको छ ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डटकम-हिन्दीबाट

तपाईको प्रतिक्रिया