logo

bar
logo
Advertisment
SKIP THIS

संगीतमा जमेका पतिपत्नी

कृण्ण कट्टेल काठमाडौं | पुष ०१, २०७४

संगीतमा जमेका पतिपत्नी  – नेपाली संगीतमा सफल र क्रियाशील रहेका पतिपत्नीको जोडी कम छैन । नेपाली संगीत दुनियाँमा केही यस्ता जोडी पनि छन्, जो सफल बन्दै गएका छन् :

देवी घर्ती मगर र राजु ढकाल

नेपाली लोकदोहोरी क्षेत्रमा जमेको युगल जोडीमध्येको एक हो देवी घर्ती र राजु ढकालको । सांगीतिक यात्राकै क्रममा भेट भएर विवाहसम्म पुगेको यो जोडीको पहिलो भेट ०६० मा एक दोहोरी कार्यक्रममा भएको थियो । आजभन्दा नौ वर्षअघि विवाह गरेको यो जोडीले त्यसपछि एकल तथा संयुक्त रूपमा गाएका धेरै गीत चर्चित छन् । ‘ववर्ष दिन भो’, ‘सानु तिम्रै नाउ छ’ लगायतका उनीहरूले गाएका चर्चित दोहोरी गीत हुन् ।

कुन्ती मोक्तान र शिलाबहादुर मोक्तात

गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान सफल सांगीतिक जोडीमध्येका एक हुन् । कुन्ती मोक्तानको स्वरमा रहेका धेरै गीत स्रोताले मन पराउनुका पछाडि उनका श्रीमान् एवं संगीतकार शिलाबहादुरको ठूलो भूमिका छ । गायिका कुन्ती मोक्तान सानै उमेरदेखि जन्मस्थल दार्जिलिङमा गीत गाउँथिन् ।

विद्यालय अध्ययन पूरा गर्दानगर्दै उनी दार्जिलिङको आफ्नो बस्तीभरि परिचित गायिका भइसकेकी थिइन् । शास्त्रीय संगीत सिक्न गुरुकोमा पुग्ने क्रममा कुन्तीको भेट संगीतकार शिलाबहादुरसँग भयो । दार्जिलिङबाट गीत रेकर्ड गर्न काठमाडौं आउने क्रममा उनीहरूबीच प्रेम–सम्बन्ध झाँगिँदै गयो र पछि विवाहमा परिणत भयो । कुन्तीले गाएकामध्ये आधाभन्दा बढी गीतमा शिलाबहादुरले संगीत भरेका छन् ।

रामचन्द्र काफ्ले र जुनु रिजाल

गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्ले पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा जमेको जोडी हो । उनीहरूले गाएका चलचित्र, आधुनिक, लोकपपलगायतका धेरै गीत चर्चित छन् । यो जोडीको पहिलो भेट सांगीतिक यात्राकै क्रममा भएको हो ।

 प्रेम हुँदै वैवाहिक जीवनमा बाँधिएका उनीहरूले सँगै गाएका ‘मात लाग्यो’, ‘आई लभ यु भन भन आई लभ यु’, ‘झिम्क्याइदेऊ परेली’लगायत गीत चर्चित छन् ।

उदय सोताङ र मनिला सोताङ

नेपाली सांगीतिक क्षेत्रमा जमेको जोडीमध्येको एक हो सोताङदम्पती । गायक उदय सोताङ र गायिका मनिला सोताङको भेट क्याम्पस पढ्दा भएको हो । उदय त्यसवेलादेखि नै गीत गाउँथे । मनिलाले चाहिँ उदयको संगतपछि गाउन सुरु गरेकी हुन् । प्रेम हुँदै वैवाहिक जीवनमा प्रवेश गरेको यो जोडी नेपाली संगीतको लोकप्रिय ‘युगल जोडी’मध्येको एक हो । उनीहरूले गाएको ‘आधी बाटो हिँडेपछि’, ‘तिमीविना बाँच्न गाह्रो भो’ लगायतका गीत चर्चित छन् ।

विष्णु माझी र सुन्दरमणि अधिकारी

नेपाली लोकदोहोरी क्षेत्रकी चिरपरिचित गायिका विष्णु माझी सार्वजनिक कार्यक्रम तथा मिडियामा देखिन्नन् । तर, उनले गाएका सयौँ गीत चर्चित छन् । उनका श्रीमान तथा गायक सुन्दरमणि अधिकारी विष्णुभन्दा ‘सिनियर’ हुन् । सुन्दरमणिले नै विष्णुलाई व्यावसायिक रूपमा संगीतमा प्रवेश गराएका हुन् । प्रेम हुँदै वैवाहिक जीवनमा यो जोडी पुगेको हो । उनीहरूले गाएको ‘वाचा कसम जाँदैन खेर’ लगायतका गीत चर्चित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु