logo

bar

रिमा पनि डिभोर्स गर्ने नायिकाको सूचीमा !

नयाँ पत्रिका काठमाडौं | मङि्सर २८, २०७४

आफ्नो पतिसँग डिभोर्स गर्ने नायिकाको सूची लामो छ । सूचीमा थपिएकी छिन् रिमा विश्वकर्मा । दुई वर्षअघि रिमाले भव्य समारोहका बीच बेलायतनिवासी रोबर्ट विश्वकर्मासँग काठमाडौंको हायात होटेलमा बिहे गरेकी थिइन् ।

बिहेपछि रिमा नेपालमै र रोबर्ट बेलायतमा बस्दै आएका थिए । सम्भवतः टाढा बसेकाले होला दुईबीच आत्मीयता गाढा हुनै पाएन । त्यसैले उनीहरूको सम्बन्ध डिभोर्समा पुगेर टुंगिएको छ ।

रोबर्टले मोरङकी वर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक भएसँगै रिमाको डिभोर्सको पुष्टि भएको हो । जबकि, उनीहरूको डिभोर्स दुई हप्ताअघि नै भएको थियो । रिमाले उक्त कुरालाई गोप्य राख्दै आएकी थिइन् ।

मिडियाबाट धेरैले सम्पर्क राख्ने प्रयास गरेपछि रिमा आफैँले आफ्नो डिभोर्ससँग सम्बन्धित स्टाटस फेसबुकमा लेखिन् । उनले तत्काल व्यक्तिगत सम्बन्धबारे प्रश्न नगर्न अनुरोध गरेकी छिन् । ‘म अनि मेरो परिवारका लागि यो त्यति सजिलो समय होइन । तर पनि मलाई सद्भाव प्रकट गर्ने मेरा मिडियाका साथीहरू, शुभेच्छुकहरू अनि मेरा आफन्तहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

अहिले कुनै पनि प्रश्नको उत्तर दिन असमर्थ छु । यति वेला मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारका लागि केही समय दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ,’ उनले लेखेकी छिन् । साथै उनले अन्र्तवार्तामा आफूले यस्तो दिनको कल्पना नगरेको बताएकी छन् । आफ्नो जीवनमा घटेको यो छट्नाले आफ्नो करियरमा असर गर्न नदिने बताएकी छन् ।

गायक सत्यराज र अनिताको प्रेम प्रशंग

डिभोर्सलाई लिएर आफ्नो कसैसँग पनि गुनासो नरहेको उनले प्रस्ट पारेकी छिन् । ‘जिन्दगी सधैँ सोचेजस्तो त पक्कै हुँदैन र समय सधैँ एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै छिट्टै बितेर जानेछ । मेरो कोहीसँग केही गुनासो छैन,’ उनले थपिन् ।

रिमाकी बेस्ट प्रण्ड केकी अधिकारीले उनको साथ छोडेकी छैनन् । आफ्नो प्रोडक्शनमा बन्न थालेको फिल्ममा उनलाई मुख्य भुमिकामा लिने भएकी छन् । नायिकाबाट प्रोडक्शनमा नयाँ परिचय बनाउन थालेकी केकीले रिमा सामान्य अवस्थामा फर्किएपछि फिल्मको सुटिङ सुरु गर्ने बताईन् । उनका शुभचिन्तकहरूले उनलार्इ छिट्टै सामान्य अवस्थामा फर्किएर  अरियर अघि बढाउन सुझाव दिएका छन् ।

http://www.enayapatrika.com/2017/12/14/6466/

तपाईको प्रतिक्रिया