logo

bar

ट्रम्पलाई झड्का दिने सिनेटर

नयाँ पत्रिका काठमाडौं, २८ मंसिर | मङि्सर २८, २०७४

अलाबामामा सिनेटको निर्वाचन परिणाम आएपछि ट्रम्पले ट्विट गर्दै भनेका छन्– यो नै अन्त्य होइन, रिपब्लिकन पार्टीका लागि छिटै एउटा अर्को मौका आउनेवाला छ

अमेरिकी प्रान्त अलाबामाको सिनेट निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा झड्का लागेको छ । अलाबामाको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका डग जोन्सले रिपब्लिकन पार्टीका उम्मेदवार राय मुरलाई पराजित गरेका छन् । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सको कार्यकाल समाप्त भएपछि यस सिटमा निर्वाचन भएको थियो । मुरमाथि किशोरीहरूमाथि यौन उत्पीडनको आरोप लागेको थियो, तर उनले आरोपको खण्डन गरेका थिए ।

यो सबका बाबजुद ट्रम्पले मुरको समर्थन गरेका थिए र यस निर्वाचनको परिणाम आएपछि ट्विट गर्दै भनेका छन्– यो नै अन्त्य होइन, रिपब्लिकन पार्टीका लागि छिटै एउटा अर्को मौका आउनेवाला छ ।

को हुन् डग जोन्स ?
६३ वर्षीय डग जोन्स एक पूर्ववकिल हुन् । जसले १९६३ मा बर्मिंघमको चर्चमा भएको बमबारीको घटनामा कुख्यात ‘कु क्लक्स क्लैन’ समूहका दुई सदस्यलाई सजाय दिलाएका थिए । यस आक्रमणमा चार युवतीको ज्यान गएको थियो । यो समूहले नश्लवादी विचारलाई मान्यता दिने गथ्र्यो । यो मुद्दा जितेपछि जोन्सले भनेका थिए कि यो पूरै लडाइँ सम्मान र मर्यादालाई लिएर लडिएको थियो ।

जोन्सले अलाबामा विश्वविद्यालयबाट राजनीति शास्त्रमा पढाइ गरेका थिए । १९९७ मा त्यतिखेर उनी चर्चामा आए, जब तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले उनलाई महान्यायाधिवक्ता बनाए । गत अगस्टमा उनले अन्य सात दाबेदारलाई पछि पार्दै डेमोक्रेटिक प्राइमरीमा जित हासिल गरेर सिनेट सिटका लागि उम्मेदवारी हासिल गरेका थिए ।

जोन्स पूर्वउपराष्ट्रपति जोय विदेनका निकट मानिन्छन् । र, यस निर्वाचनमा उनको प्रचारका लागि विदेन आएका थिए । त्यतिखेर उनले भनेका थिए– मैले निकै सीमित मानिसको मात्र प्रचार गरेको छु र तीमध्ये जोन्स पनि एक हुन् । उनको इमानदारी र साहस अतुलनीय छ ।

सिनेटको महत्व
अमेरिकी राजनीतिमा सिनेटको हैसियत निकै महत्वपूर्ण छ । कुल ५० राज्यमा सिनेटको केवल सय सिट छन्, जसको निर्वाचन राज्यका जनप्रतिनिधिले गर्छन् । डग जोन्सको जितका साथै सिनेटमा रिपब्लिकन र डोमोक्रेटिक पार्टीबीचको अन्तर ५१-४९ भएको छ । सिनेटमा रिपब्लिकन पार्टीको बहुमत थप कमजोर भएपछि अब ट्रम्पलाई कानुन पारित गराउन पर्याप्त मिहिनेत गर्नुपर्नेछ ।

सिनेटरको कार्यकाल ६ वर्षको हुन्छ । सिनेटको यस्तो संरचना छ कि हरेक दुई वर्षमा एकतिहाइ सिट खाली हुन्छन् र ती सिटका लागि निर्वाचन हुने गर्छ । वर्तमान सिनेटका ३३ सिटमा आगामी वर्ष निर्वाचन हुनुपर्नेछ । र, उच्च सदनमा रिपब्लिकन पार्टीको दबदबा कायम राख्ने ट्रम्पको कोसिस हुनेछ ।

पछिल्ला २५ वर्षमा डग जोन्स पहिलो डेमोक्रेट सिनेटर बनेका छन्, जसले अलाबामाको सिनेट सिटमाथि रिपब्लिकन उम्मेदवारलाई हराएका छन् ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिस डट कम÷हिन्दीबाट

तपाईको प्रतिक्रिया