logo

bar

असल संस्कार र शिक्षा

लक्ष्मण सिटौला काठमाडौं | मङि्सर २७, २०७४

बोलेर अरूलाई दुखाउनुभन्दा चुपचाप बस्नु नै धर्म हो । हिजोआज मानिसहरू धेरै बोल्छन् । बोल्दा हितका कुरा होइन, जितका मात्रै कुरा बोल्छन् । जित पनि अहंको जित मात्रै बोल्छन् । आफूलाई मात्र सर्वेसर्वा, सर्वोच्च र सनातनी ठान्छन् सबैले । आफ्नो बोलीले अरूलाई चित्त दुखेकोप्रति हामी ध्यान दिँदैनौँ । दानी हुने कम र हानि हुने बढी बोलिरहेका हुन्छौँ । खासगरी सामाजिक सञ्जालमा यस्ता कुरा हाबी हुँदै गइरहेका छन् । एक नेपालीले अर्को नेपालीलाई गालीगलोज गर्ने, एक पार्टीले अर्को पार्टीका नेता–कार्यकर्तालाई सिध्याउने कुरा गर्ने । स्वस्थ प्रतिस्पर्धाभन्दा पनि एकले आर्कालाई सिध्याउने, होच्याउने गाली गर्ने प्रवृत्ति बढी हुन थाल्यो । सन्त स्वाभावको शान्त आचारणको श्रीवृद्धि हुन सकेन भने हाम्रो पूर्वीय संस्कृति धमिलिँदै जानेछ ।

लक्ष्मण सिटौला

अशान्त बाँच्ने र अरूलाई गालीगलोज गरेर जिउनेहरू समाजका धमिरा हुन् । धमिराले कमिला–किरालाई पनि बहुत दुःख दिन्छन् । आआफ्नो कमाइ र कर्ममा रमाउनु छ भने अर्कालाई गाली किन ? कोही मर्दा पनि रमाइलो मान्ने मान्छे त पशुभन्दा पनि तल गिरेको हिंस्रक जन्तु नै हो । नेपालमा गलत मान्छे पुरस्कृत हुने परम्परा संस्थागत हुँदै छ । यसको निर्मूल राजनीतिक चेत भएका व्यक्तिको समूहले बनेको राज्य सरकारले गर्ने हो । सरकारको उपस्तिथि कमजोर हुँदै जानु र गलत मानसिकता भएका व्यक्तिको हातमा राज्य र जनस्वतन्त्रता कैद हुनु राम्रो होइन । नियमनकारी निकाय आफैँ निरीह बन्दै जानु भनेको नेपालको सार्वभौमसत्तामै नोक्सान पुग्ने खतरा बढ्नु हो ।

 

सन्त शान्तिले भिजेको हुन्छ र असन्त अशान्ति र आक्रोशको पसिनाले भिजेको हुन्छ । सन्त खोज्दैन, ऊ आफूसँग भएको बाँड्छ मात्रै । असन्त खोजिरहन्छ बाहिरी दुनियाँमा । खोजेको कुरा संग्रह गर्छ र संग्रह गर्नुलाई ऊ महान् कर्म सम्झिन्छ । सन्त अध्यात्मको पथप्रदर्शक हो, तैपनि, उसले कहिल्यै प्रतिफलको अपेक्षा राख्दैन । जो प्रतिफलको अपेक्षा राख्छ, ऊ असन्त हुन्छ र असन्तुष्टिमै बाँचिरहेको हुन्छ ।

 

असल संस्कार शिक्षा र सन्त हृदय भएको मान्छेको आवश्यकता छ आजको परिवेशमा । जो रागहीन, द्वेषहीन रहन्छ ऊ नै सन्त हो । महान् सन्त ऊ होइन, जोसँग हजारौँ अनुयायी छन् । जोसँग धेरै शिष्य छन्, त्यो महान् सन्त होइन । महान् सन्त त ऊ हो, जो आफैँमा पूर्ण शान्त छ । भलै ऊसँग कोही अनुयायी नै छैन । कोटिकोटी जनतालाई आफ्नो सम्बोधनले प्रभावित गर्ने प्रवचनकार ऊ सन्त साधु होइन । प्रवचन नदिने मान्छे असन्त होइन ।

शान्त मन नै सन्त हो र अशान्त मन नै असन्त हो । सन्तको उपस्तिथि समाजसेवा हो । उसको मौनता उसको प्रवचन हो । उसको सानिध्य नै पथ दर्शन हो । सन्त ऊ होइन, जसले सम्प्रदाय बोकेर हिँड्छ । उही सन्त हो, जो आफू आफैँमा लीन रहन्छ । सन्त शान्तिले भिजेको हुन्छ र असन्त अशान्ति र आक्रोशको पसिनाले भिजेको हुन्छ । सन्त खोज्दैन, ऊ आफूसँग भएको बाँड्छ मात्रै । असन्त खोजिरहन्छ बाहिरी दुनियाँमा । खोजेको कुरा संग्रह गर्छ र संग्रह गर्नुलाई ऊ महान् कर्म सम्झिन्छ । सन्त अध्यात्मको पथप्रदर्शक हो, तैपनि, उसले कहिल्यै प्रतिफलको अपेक्षा राख्दैन । जो प्रतिफलको अपेक्षा राख्छ, ऊ असन्त हुन्छ र असन्तुष्टिमै बाँचिरहेको हुन्छ ।

 

भौतिक विचारधाराका महान् चिन्तक माक्र्स पनि देशनिकालामा परेर बेलायतमा शरण लिन बाध्य भए । विचारहरू जन्मिरहन्छन् । एउटै मात्र विचार सर्वकालिक रहँदैन । सत्य पनि समय सापेक्ष हुन्छ । एउटा मात्रै अनुभूति वा विचार सार्वकालिक रहन्छ, त्यो हो नित्य शान्ति र सन्त हृदय । जीवन अनित्य छ । अनित्य जीवनमा शान्ति बोध भयो भने मात्रै त्यो व्यक्ति सुखको नदीमा निदाउँछ । भगवान् बुद्धले दुःख छ र दुःखको पनि कारण छ भनेका थिए । कारण नभएको भए दुःख पनि हुँदैनथ्यो होला ।

 

धनी हुनु सुखी हुनु होइन । र, गरिब हुनु दुःखी हुनु पनि होइन । प्रपञ्चबाट, भौतिक संग्रहबाट मिल्ने सुखानुभूति त जाडोमा कागज बाल्दा मिलेको तापको क्षणिक न्यानो मात्रै हो । जब कागज बलेर खरानी हुन्छ अनि न्यानो पनि सकिन्छ । धनी र गरिबी केवल मनको अनुभूति मात्रै हो । धनीहरू दुःखमा बिलय हुन्छन् अन्ततः । किनकि, संग्रहको मातले हरपल उनीहरूलाई गाँजिरहेको हुन्छ । महान् चिन्तक नित्सेले भगवान्को अस्तित्व अस्वीकार गरेर भगवान्को मृत्युको घोषणा गरे ।

तर, त्यति नै वेला तात्कालिक समाजले प्रश्न गर्‍यो– भगवान् अस्तित्वमा नभएको भए ‘भगवान् मरेको’ घोषणा किन गरेको त ? ईश्वरीय सत्तामा विश्वास गर्ने पनि सन्त होइनन् र अनीश्वरवादी पनि असन्त होइनन् । सन्तले शान्तिलाई नै परिप्राप्तिको बाटो हो भन्छ र त्यहीअनुरूपको आचरण निर्धारण गर्छ । मानिस अरूभन्दा फरक र अरूभन्दा अगाडि जान खोज्ने जीव हो । प्रतिस्पर्धा छ । प्रतिस्पर्धा रहेसम्म सन्त र शान्तिको अस्तित्व संकटमा परिरहन्छ ।

भौतिक विचारधाराका महान् चिन्तक माक्र्स पनि देशनिकालामा परेर बेलायतमा शरण लिन बाध्य भए । विचारहरू जन्मिरहन्छन् । एउटै मात्र विचार सर्वकालिक रहँदैन । सत्य पनि समय सापेक्ष हुन्छ । एउटा मात्रै अनुभूति वा विचार सार्वकालिक रहन्छ, त्यो हो नित्य शान्ति र सन्त हृदय । जीवन अनित्य छ । अनित्य जीवनमा शान्ति बोध भयो भने मात्रै त्यो व्यक्ति सुखको नदीमा निदाउँछ । भगवान् बुद्धले दुःख छ र दुःखको पनि कारण छ भनेका थिए । कारण नभएको भए दुःख पनि हुँदैनथ्यो होला । यसरी कारणसहितको दुःखको अन्त्यका लागि प्रतिस्पर्धा र लोभबाट मुक्ति खोज्नुपर्छ ।

प्रतिस्पर्धा आफैँसँगको मात्रै सुखकारक हुन्छ । अरूसँगको प्रतिस्पर्धाले दुस्मनी जन्माउँछ । यो दुनियाँमा बाहिरी शत्रु कोही कसैको हुँदैन । हाम्रो मनभित्रको त्यो भीमकाय कुविचाररूपी शत्रुलाई खोइ कसले जित्यो आजसम्म ? बुद्ध एउटा मात्रै त्यस्ता नदी हुन्, जसले आफू बहेको किनारमा कहिल्यै फोहोर छाडेर बहेनन् । मन छ र हामीलाई मान्छे वा मनुष्य भनेको हो । मन विकारयुक्त छ भने त्यो सन्त होइन र हुनै सक्दैन । हामी सोचिरहेछौँ यो दुनियाँलाई आँखाले हेरिरहेछौँ । दुनियाँलाई आँखाले हेर्ने मात्रै त हो नि, देख्ने त मनले हो नि । आँखाले मात्रै यो संसारलाई हेर्ने सन्त होइनन् । सन्तले दुनियाँलाई मनले हेर्छन् तर असन्तले आँखाले हेर्छन् ।

 

फेसबुकको व्यापकीकरण पनि यही हो । सन्त देखाउँदैन, सन्त छोप्दैन पनि । सन्त नदी हो । नदी हिमालयबाट बहन्छ । ऊ नांगो छ । ऊ नांगैमा सत्य बोकेर बगिरहेको छ । शान्त सन्त निर्मल मन अरूको ध्यानाकर्षण गराउन चाहँदैन । त्यसैले होला सन्तहरूले एकान्त जंगल खोज्ने । अशान्तहरू भिड खोज्छन् । अशान्तले भड्किरहेको मनले अरूको सहारा खोज्छ, अरूको भरण खोज्छ, अरूको शरण खोज्छ ।

 

हिजोआज हरसहरमा हरेक उमेरका बालिका, युवती तथा महिलाको भिड जम्मा गरेर सौन्दर्य प्रतियोगिता गराइन्छ । यो व्यापार विश्वव्यापी फैलिने क्रममा छ । मुहारको व्यापार खुब फैलिन्छ । किनकि मानिस आफूलाई अरूले हेरिदेओस् भन्छ । मानिस अरूको ध्यान आफूतिर आकर्षण गर्न चाहन्छ र प्रशंसा सुन्नका लागि आसक्त हुन्छ । फेसबुकको व्यापकीकरण पनि यही हो । सन्त देखाउँदैन, सन्त छोप्दैन पनि । सन्त नदी हो ।

नदी हिमालयबाट बहन्छ । ऊ नांगो छ । ऊ नांगैमा सत्य बोकेर बगिरहेको छ । शान्त सन्त निर्मल मन अरूको ध्यानाकर्षण गराउन चाहँदैन । त्यसैले होला सन्तहरूले एकान्त जंगल खोज्ने । अशान्तहरू भिड खोज्छन् । अशान्तले भड्किरहेको मनले अरूको सहारा खोज्छ, अरूको भरण खोज्छ, अरूको शरण खोज्छ । केवल स्याबासी र आशीर्वादका भोका हुन्छन् असन्तहरू । सन्त आफू कहीँ जाँदैन, तर ऊ भएको स्थानमा अरू जम्मा हुन्छन् । सन्त जुनकिरी हो, आफ्नो चिसोले तापलाई छोइदिएर शान्त पारिदिने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु