logo

bar

आणविक परीक्षणपछिका झड्का

| मङि्सर २७, २०७४

सेप्टेम्बरमा उत्तर कोरियाको आणविक परीक्षणबाट केवल कूटनीतिक संसारमा झड्का आएको होइन, ६ दशमलव ३ तीव्रतासाथ धर्ती पनि हल्लियो । त्यसयतादेखि नै उत्तर कोरियाको जमिन हल्लिरहेको छ ।

आणविक बमभन्दा सयाैँ गुणा बढी शक्तिशाली बमको विस्फोटन यति शक्तिशाली थियो कि यसबाट आसपासका पर्वतीय इलाका अस्थिर हुन सक्छन्

धर्तीभित्रका गतिविधिमाथि ध्यान दिने संस्था युएस जियोलोजिकल सर्भेको भनाइ छ कि उत्तर कोरियाको जमिनभित्र थप दुइटा हलचल रेकर्ड भएको छ । यसका साथै यो प्रश्न पनि उठिरहेको छ कि आखिर त्यहाँ किन यस्तो हलचल भइरहेको छ ?

आणविक परीक्षणका क्रममा के भएको थियो ?
३ सेप्टेम्बर उत्तर कोरियाले पुंगी रीमा आणविक परीक्षण गरेको थियो । अहिलेसम्म गरिएका सबै आणविक परीक्षणमा यो अहिलेसम्मको सबैभन्दा शक्तिशाली परीक्षण थियो । उत्तर कोरियाले दाबी गरेको थियो– यो हाइड्रोजन बमको परीक्षण थियो । अर्थात् यस्तो बम, जो आणविक बमभन्दा सयाैँ गुणा बढी शक्तिशाली थियो । विशेषज्ञहरूले चिन्ता प्रकट गरेका छन्, यो विस्फोट यति शक्तिशाली थियो कि यसबाट आसपासका पर्वतीय इलाका अस्थिर हुन सक्छन् ।

अझै झड्का किन महसुस भइरहेको छ ?
युएस जियोलोजिकल सर्भेका अनुसार पछिल्लो साता रेकर्ड गरिएका भूकम्पका झड्काबाट यस्तो लाग्छ कि धर्ती आफूलाई स्थिर गर्ने प्रयास गरिरहेको छ । युएसजिएसले ३ दशमलव ९ र २ दशमवल ४ को तीव्रतावाला भूकम्पको झड्का हालै रेकर्ड गरेको छ ।

युएसजिएसका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्– जब तपाईं कुनै ठूलो आणविक परीक्षण गर्नुहुन्छ, तब पृथ्वीको क्रस्ट (भूपपर्टी) यताउता चल्छ र यसलाई पुनः आफ्नै स्थानमा आउन थोरै समय लाग्छ । छैटौँ आणविक परीक्षणपछि हामीले यस्तै केही झड्का रेकर्ड
गरेका छौँ ।

पृथ्वीको क्रस्टमा हलचल आउनुको अर्थ भूकम्पबाट निकाल्न सकिन्छ । वैज्ञानिकहरूको भनाइ छ कि न्युक्लियर टेस्टपछि यस्ता झड्का हप्तौँसम्म मात्र होइन, महिनौँसम्म आइरहन सक्छन् ।

क्यालिफोर्निया स्टेट पोलिटेक्निक युनिभर्सिटीमा जियोफिजिक्स र सिस्मोलोजीका प्राध्यापक डा. जस्का पोलेट उत्तर कोरियामा आणविक परीक्षणपछि आइरहेका भड्काबाट हैरान छैनन् । उनको भनाइ छ कि बढी तीव्रतावाला कुनै भूकम्पपछि कमजोर हुँदै गएका झड्का महसुस हुनु सामान्य विषय हो । किनकि, धर्तीभित्र सन्तुलन कायम गर्न केही गतिविधि त हुन्छन् नै ।

मिका म्याककिनोन जियोफिजिस्ट र आपमाथि शोध गर्छिन् । उनले बिबिसीसित भनेकी छिन्– यस भूकम्पको स्रोत एउटा आणविक परीक्षण थियो । यस वास्तविकताबाट यसमाथि कुनै फरक पर्दैन कि धर्ती आफ्नो ऊर्जालाई कसरी उपयोग गर्छ ।

तर, जब उत्तर कोरियाको सेप्टेम्बरको न्युक्लियर टेस्टसित जोडिएको भूगर्भीय तथ्यांकको अमेरिकाको नेवादाको तथ्यांकसित तुलना गरियो भने परिणाम केही अर्कै निस्किन्छ । दशकअघि अमेरिकाले नेवाडामा आणविक परीक्षण गरेको थियो । यहाँचाहिँ भूकम्पपछिका झड्काको तीव्रता र संख्या दुवै कम थिए । यद्यपि, यसको कारण यो पनि हुन सक्छ कि उत्तर कोरिया र नेवाडाको भौगोलिक परिस्थिति अलग–अलग होस् ।

के यस्ता झड्काले परीक्षणस्थल नष्ट गर्न सक्छन् ?
सेप्टेम्बरको आणविक परीक्षणपछि एक आशंका व्यक्त गरिएको छ कि यसबाट उत्तर कोरियाका सुरुङ बर्बाद हुनेछन् । म्याककिनोन भन्छिन्– कुनै पनि क्षेत्रमा तपाईं जति धेरै ऊर्जा खन्याउनुहुन्छ, जमिन त्यति नै बढी अस्थिर हुन्छ । जसरी उहाँ आणविक परीक्षण भइरहेका छन्, त्यसबाट प्रस्ट हुन्छ कि उहाँ चट्टानलाई क्षति पुगिरहेको छ । भूगर्भीय संकेतबाट त्यहाँका चट्टान टुक्रिइरहेको बुझिन्छ र यो अझै बढी हुनेछ । तर, यसबारे थाहा पाउन कुनै सटिक तरिका भने छैन, के यसबाट पूरै सुरुङ बर्बाद हुन्छन् त ? किनकि, यी भूगर्भीयभन्दा बढी इन्जिनियरिङसित जोडिएका समस्या हुन् ।

ज्वालामुखी विस्फोटको सम्भावना
उत्तर कोरियाले जहाँ आणविक परीक्षण गरेको छ, त्यसको नजिकै माउन्ट पाएक्तुमा एउटा सक्रिय ज्वालामुखी पनि छ । उत्तर कोरियामा माउन्ट पाएक्तुलाई पवित्र पहाड मान्ने गरिन्छ । म्याककिनोन भन्छिन्– भूगर्भीय तरंग ज्वालामुखीसित जुधिरहेका छन् । तर, यो भूगर्भीय ऊर्जा ज्वालामुखी विस्फोटको कारण बन्लाजस्तो चाहिँ लाग्दैन ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया