logo

bar

म्याग्दीमा वाम गठबन्धनको ‘क्लिनस्वीप

निर्मल खत्री, नयाँ पत्रिका म्याग्दी, २२ मंसिर | मङि्सर २२, २०७४

१ प्रतिनिधि तथा २ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा म्याग्दीमा तीन वटै सिटमा वाम गठबन्धन विजयी भएको छ ।

मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार वामम गठबन्धनका उम्मेद्वारहरु विजयी भएका हुन् । प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा विजयी भए ।

खसेको कुल ४७ हजार ४४९ मतमध्ये थापाले २३ हजार ३०८ मत ल्याए । उनका प्रतिस्पर्धी लोकतान्त्रीक गठबन्धनका खमबहादुर गर्बुजाले २० हजार ९८० मत प्राप्त गरे ।

प्रदेशसभा (क) मा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भए । प्रदेशसभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे ।
यसैबीच म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमालेकी नरदेवी पुन विजयी भइन्। मंसिर १० गते भएको निर्वाचनमा कुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर विजयी भए।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजित गरे ।

तपाईको प्रतिक्रिया