logo

bar

बर्दियामा बामदेवको अग्रता

यज्ञप्रसाद सापकोटा, नयाँ पत्रिका बर्दिया, २२ मंसिर | मङि्सर २२, २०७४

बर्दिया प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ र २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

मत परिणामअनुसार बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर एकमा २६२२ मत गणना सकिदा एमालेका बामदेव गौतम १५२९ र कांग्रेसका संजयकुमार गौतमले ९२४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर दुईतर्फ २९४४ मत गणना भइसक्दा माओवादीका सन्तकुमार थारुले १६८६ र कांग्रेसका गोपाल दहितले १०९४ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु