logo

bar
logo
Advertisment
SKIP THIS

मोरङको सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन अगाडी

गणेश लम्साल, नयाँ पत्रिका बिराटनगर, २२ मंसिर | मङि्सर २२, २०७४

प्रतिनिधिसभातर्फ मोरङको ६ वटै निर्वाचन क्षेत्रमा बामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका प्रभावशाली नेतासमेत बामगठबन्धन स्थानिय नेतासँग पछाडी परिरहेका छन् ।

मोरङ १ मा बाम गठबन्धनतर्फबाट एमालेका धनश्याम खतिवडाले ३ हजार २ सय ८४ मत ल्याएका छन् । र, उनको प्रतिस्पर्धी कांग्रेसका डिगबहादुर लिम्बूले ३ हजार ७७ मत ल्याएका छन् । बाम गठबन्धनका खतिवडा २ सय ७ मतले अगाडी छन् ।

मोरङ २ बाम गठबन्धनतर्फबाट एमालेका स्थानिय नेता ऋषिकेश पोख्रेल ४ हजार ५ सय १० मतका साथ अगाडी छन् । उनलाई कांग्रेसका केन्द्रिय नेता डा. मिनेन्द्र रिजालले ४ हजार ४ सय ५० मत ल्याएर पछ्याइरहेका छन् ।

मोरङ ३ मा बाम गठबन्धनका तर्फबाट एमालेका भानुभक्त ढकाल अगाडी बढेका छन् । उनले ६ हजार ४ सय २३ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार सुनिल शर्माले ५ हजार ५ सय ७३ मत ल्याएका छन् ।

मोरङ ४ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी ३ हजार ९ सय ९९ मतका साथ अगाडी छन् । कांग्रेसका महेश आचार्य २ हजार ५ सय ८९ मत ल्याएका छन् । स्थानिय नेता मोदीले कांग्रेसका केन्द्रिय स्तरका नेतालाई १ हजार ४ सय १० मतले पछाडी पारेका छन् ।

मोरङ ५ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १ हजार ५ सय २० मत ल्याएका छन् । कांग्रेका पूर्व जिल्ला अध्यक्ष अमृत अर्यालले १ हजार ३ सय ६५ मत ल्याएका छन् । विनाविभागीय मन्त्री समेत रहेका मण्डल १ सय ५५ मतले अगाडी छन् ।

मोरङ ६ मा बाम गठबन्धनका तर्फबाट एमाले नेता लालबाबू पण्डितले प्रतिद्धन्दी कांग्रेस नेता डा। शेखर कोइरालालाई ८ सय १६ मतले पछाडी पारेक छन् । पण्डितले ५ हजार ३ सय १२ मत ल्याएका छन् भने डा। कोइरालाले ४ हजार ४ सय ९६ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु