logo

bar

कालिकोटमा वामपन्थी गठबन्धनकै अग्रता कायमै

रत्न कार्की कालिकोट,२२ मंसिर | मङि्सर २२, २०७४

शुरु देखि नै कालिकोटमा प्रतिनिधि र प्रदेश सभा दुबैमा वामपन्थी गठबन्धनले अग्रता कामयमै राखेको छ ।

प्रतिनिधि सभामा वामपन्थी गठबन्धनबाट दुर्गा रावतले ६ हजार ७ सय ६८ मत प्राप्त गरेका छन भने कांग्रेसका भुपेन्द्रजङ शाहीले ५ हजार ९ सय ११ मत प्राप्त गरेका छन् । कुल १४ हजार २ सय ३१ मत गणना भएको मध्ये ९ सय ४६ मत बदर भएको छ ।

प्रदेश सभा ‘क’बाट वामपन्थी गठबन्धनबाट कुर्मराज शाहीले ७ हजार ३ सय २० मत ल्याएका छन भने काग्रेसका टेकराज शाहीले २ हजार ५ सय ९७ मत ल्याएका छन् ।

यस्तै प्रदेश सभा ‘ख’बाट वामपन्थी गठबन्धनबाट महेन्द्रबहादुर शाहीले ५ हजार ५ सय ७८ मत ल्याएका छन भने काग्रेसका कालिबहादुर सहकारीले ३ हजार ७ सय ९२ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया