logo

bar

गुल्मीमा ६ स्थानबाट शुरु भयो मतगणना

टोपलाल अर्याल गुल्मी, २२ मंसिर | मङि्सर २२, २०७४

चर्चित नेताहरुबीच प्रतिस्पर्धा रहेको गुल्मीमा एक साथ ६ स्थानबाट मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर एकतर्फ प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुई स्थानबाट तथा जिल्ला प्रशासन कार्यालयमा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको मतगणना शुरु भएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र नम्बर एकमा बाम गठबन्धनका तर्फबाट प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् । क्षेत्र नं दुईमा भने बाम गठबन्धनका गोकर्ण विष्ट तथा कांग्रेसका चन्द्र केसीबीच प्रतिस्पर्धा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु