logo

bar

कास्कीमा मत गणना सुरु

रोहितराज पराजुली कास्की | मङि्सर २२, २०७४

कास्कीमा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मतगणना शुक्रबार दिउँसोबाट सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय लगाएत राजनीतिक दल र उम्मेदवारहरुबीच बसेको सर्वदलीय बैठक पछि मतगणना सुरु भएको हो ।

मतगणनाका लागि ३ वटा छुटाछुटै कार्यालयमा व्यवस्था गरिएको कास्कीका मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए । अधिकारिका अनुसार प्रतिनिधि सभाको ३ क्षेत्रको मतगणना दुई दुई समुहमा र प्रदेशको एक समुहले गणना गर्ने भएका छन् ।

कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार क्षेत्रीय शिक्षा निर्देशनालय पार्दीमा क्षेत्र नम्बर १, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा क्षेत्र नम्बर २ र जिल्ला समन्वय समितिको कार्यालयमा क्षेत्र नम्बर ३ को मतगणना गरिने भएको छ । मतगणनाका लागि छनोट भएका तीन वटै स्थान करिव ५० मिटरको दुरि भित्र रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु