logo

bar

परासीमा मतगणना सुरु

ज्ञानु पंगेनी, नयाँ पत्रिका नवलपरासी, २२ मंसिर | मङि्सर २२, २०७४

नवलपरासीका २ निर्वाचन क्षेत्रमा नै मतगणना सुरु भएको छ । सदरमुकाम परासी बजारमा रहेको आदर्श माविमा गणना सुरु भएको हो ।
परासीको क्षेत्र नं १ मा कांग्रेसबाट देवकरण कलवार र वाम गठबन्धनका तर्फबाट सूर्य चिन्ह लिएर हृदयश त्रिपाठी उम्मेदवार छन् ।

०७० को संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार रहेका त्रिपाठीलाई कलवारले पराजित गरेका थिए ।

त्यस्तै परासी २ मा कांग्रेसका तर्फबाट देवेन्द्रराज कँडेल र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका घनश्याम यादवबीच प्रतिष्पर्धा छ । प्रदेशसभामा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु