logo

bar

पाल्पामा शुरु भयो मतगणना

नारायण न्यौपाने पाल्पा, २२ मंसिर | मङि्सर २२, २०७४

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा मतगणना शुरु भएको छ । पाल्पामा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेपाली कांग्रेसका विजयराज घिमिरे र बाम गठबन्धनका दलबहादुर राना प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर दुईमा भने नेपाली कांग्रेसका हरिप्रसाद नेपाल र बाम गठबन्धनका सोमप्रसाद पाण्डे प्रतिस्पर्धामा छन् । पाल्पा दरबार संग्रहालयमा कूल ८ स्थानबाट मतगणना भइरहेको छ ।

पाल्पामा कूल १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेकोमा १ लाख २३ हजार ४० मत खसेका छ । यो कुल मतदाता संख्याको ६७.८८ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु