logo

bar

के हुँदैछ प्रधानमन्त्रीको गृह जिल्लामा ?

करन ताम्राकार डडेल्धुरा, २२ मंसिर | मङि्सर २२, २०७४

डडेल्धुराका विकट पशुराम नगरपालिका र आलिताल गाउँपालिका क्षेत्रका ११७ केन्द्र मध्ये ४१ मतदान केन्द्रका मतपेटिका सदरमुकाम आझै आइपुगेको छैन । नेपाली सेना र नेपल प्रहरीको स्कटिङ्गमा सदरमुकाम ल्याउन काम भइरहेको छ । मतपेटिका सदरमुकाम आएपछि आज सर्वदलीय बैठक बस्ने छ । दिउँसो २ बजे देखी मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजालले जानकारी दिए ।

भौगोलिक विकटता तथा भित्रि मधेस क्षेत्रका दुर्गम बस्तीबाट मतपेटिका ल्याउन सुरक्षाको समस्याले गएराती नै ल्याउन सकिएन । अब केहीबेरमा मतपेटी सदरमुकाम आउने र मतगणा सुरु हुने मुख्य निर्वाचन अधिकृत डा. रिजालले जानकारी दिए ।

डडेल्धुरा जिल्ला भौगौलिक रुपमा दुर्गम र राती चिसो हुने भएका कारण आज मात्र मत पेटिका ल्याउने काम भईरहेको छ । हिजो डडेल्धुरामा ६५ प्रतिशत मत खसेको प्रारम्भीक मत परिणाम आएको थियो । तर डडेल्धुरा जिल्लामा ६६.८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डा. रिजालले जानकारी दिए।

प्रधनमन्त्रीकै गृह जिल्लामा सुरक्षा चुनौती
विहान मतपेटीका ल्याउदै गरेको गाडीमा बम प्रहार
डडेल्धुराको भित्रि मधेश क्षेत्रका परशुराम नगरापालिकाको पतपेटीका सदरमुकाम ल्याउने क्रममा परशुराम नगरपालिकाको १२ नम्बर वार्डमा पर्ने स्याचौडीमा मतदान अधिकृत चडेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना डडेल्धुराको जीपमा विहान साढे ९ बजेतिर बम प्रहार भएपछि मतपेटीका ल्याउन सुरक्षा चुनौती बढेको थियो ।

बम कसले प्रहार गरेको हो भन्ने बारेमा कुनै पक्षले जिम्मा नलिएको डडेल्धुराका प्मुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । तर पतपेटीका भएको गाडीमा बम प्रहार नभएकाले मतपेटीका सुरक्षीत रहेको प्रजिअ भट्टले बताए । डडेल्धुरामा अहिले सम्म ४ ठाउँमा बम प्रहार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु