logo

bar

सिन्धुपाल्चोकका दुवै क्षेत्रमा वाम गठबन्धनको अग्रता

रामकृष्ण थापा सिन्धुपाल्चोक, २२ मंसिर | मङि्सर २२, २०७४

सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा १५ हजार ३ सय ८० मत गणना हुँदा वाम गठबन्धनका अग्नि सापकोटाले नौ हजार ४ सय ३४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।

उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पाँच हजार ३ सय १८ मत प्राप्त गरेका छन् । सुरुदेखि नै सापकोटाले अग्रता लिइरहेका छन्।

प्रतिनिधिसभा क्षेत्र नं. २ मा पनि वाम गठबन्धनका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङले अग्रता लिएका छन् ।

सुरुमा अग्रता लिएका राणा १६ हजार ५ सय ५४ मत गणना हुँदा पछाडि परेका छन् । तामाङले सात हजार ६ सय ३१ र राणाले सात हजार एकसय ४१ मत प्राप्त गरेका छन् । दुबै क्षेत्रमा मतपेटिका मिसाएर गनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु