logo

bar

रुकुम (पूर्व)मा बाम गठबन्धनकी कमला रोका विजयी

मनिष खड्का रुकुम (पूर्व), २२ मंसिर | मङि्सर २२, २०७४

रुकुप (पूर्व)बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनकी कमला रोका विजयी भएकी छन् । रोका नेकपा माओवादी केन्द्रका तर्फबाट बाम गठबन्धनकी उम्मेदवार बनेकी थिईन् । उनले नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई पराजित गरिन ।

शुक्रबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भईन् । कांग्रेसका घर्तिले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।

त्यस्तै नयाँ शक्तिका जितमान पुनले १ हजार ४ सय ८९ मत प्राप्त गरे । नेकपा मालेका मोतिराम खड्काले ४ सय ८७ मत प्राप्त गरे ।

राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद शाहीले ५२ र मंगोल नेशनल अर्गनाईजेशनका रतनवहादुर बुढाले ५८ मत पाए । कुल १८ हजार १ सय १४ मत खसेकामा १६ हजार ९ सय २६ मत सदर भएकोमा १ हजार १ सय ८८ मत बदर भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु