logo

bar

पश्चिम र पूर्वी नवलपरासीमा ७३ प्रतिशत मत खस्यो

ज्ञानु पंगेनी नवलपुर | मङि्सर २१, २०७४

नवलपरासीको बर्दघाट सुस्तापश्चिमको पश्चिम नवलपरासीमा ७३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत माधवेन्द्र रेग्मीले ६ वटा मतदान केन्द्रका मतदान अधिकृत सम्पर्कमा नआएको र ति ६ वटाको पछिल्लो तथ्यांक सहित जोडेर ७३ प्रतिशत मत खसेको छ ।
२ लाख ८ हजार २ सय ३२ जनामतदाता रहेकोमा एक लाख ४५ हजार सात सय ६२ मत खसेको हो । पश्चिम नवलपरासीमा राति १० बजेसम्म मतपेटिका आइपुग्ने र सर्वदलीय बैठक बसेर आजैरातीबाट मतगणना शुरु गरिने रेग्मीले बताए ।
यस्तै नवलपरासीको नवलपुरमा ७३ दशमलब ५१ प्रतिशत खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार नवलपुरमा २ लाख २१ हजार ७ सय १४ जनामतदाता रहेकोमा १ लाख ६३ हजार मत खसेको हो । नवलपुरको पहाडी क्षेत्रबाट राति अबेर सम्ममा मतपेटिका ल्याइपुर्याएर शुक्रबार विहानबाट मतगणना शुरु गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया