logo

bar

तस्बिरमा हेर्नुस्, संक्रमणकालको अन्तिम निर्वाचन

नयाँ पत्रिका | मङि्सर २१, २०७४

नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा दोस्रो चरणको निर्वाचन पनि छिटपुट घटना बाहेक मतदान सम्पन्न भएकाे छ ।

आज भएको ४५ जिल्लामा भएकाे मतदानले प्रतिनिधिसभातर्फ १२८ र प्रदेशतर्फ २६५ सांसद चयन गर्नेछ । निर्वाचनपछि कसले बहुमत ल्याउला वा कुन दल सबैभन्दा ठूलो बन्ला भन्ने कौतुहलता आम मतदातामा देखिरहेको सन्दर्भका युवादेखि बृद्धबृद्धाले मतदान केन्द्रमा पुगेर रुचाइएको उम्मेदवार र पार्टीलाई गोप्य मतदान गरे । अाजकाे प्रदेशसभा र प्रतिनिधिसभाकाे  निर्वाचनमा ६७ प्रतिशत मत खसेकाे र मतपेटिका धमाधम संकलन गरी गणना गर्नेस्थलतर्फ ल्यइरहेकाे निर्वाचन अायाेगले जनाएकाे छ ।

पहिलाे चरणको निर्वाचनअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा १० मंसिरमै मतदान सम्पन्न भइसकेको र मतगणनाको कार्य सुरु भइरहेको छ । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सांसद चयनका लागि जनमत मतपेटिकाभित्र रहेको र विहिबार साँझ ५ बजेबाट गणना सुरु भएको हो । आजको निर्वाचनसँगै नेपालमा संक्रमणकालको अन्तिम निर्वाचन सम्पन्न भएको छ ।

सतिश पोखरेल, ज्ञानेन्द्र कार्की,  विनोद विष्ट, अमुल थापा र चन्द्रकला क्षेत्रीले क्यामरामा कैद गरेको तस्बिरमा हेर्नुहोस्, संक्रमणकालको अन्तिम निर्वाचन :

 

 

तपाईको प्रतिक्रिया