logo

bar

दार्चुलामा मतगणना सुरु

पदम बडाल दार्चुला | मङि्सर २१, २०७४

प्रतिनिधि सभा सदस्यको २ ठाउँ र प्रदेश सभा सदस्यको एक-एक ठाउँमा मतगणना हुँदै

दार्चुलामा मतगणना सुरु भएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको दार्चुलामा ५ बजेबाट मतगणना शुरु भएको हो ।

प्रत्यक्ष तर्फको मतगणना ४ समूह बनाएर सुरु गरिएको छ । प्रतिनिधि सभा सदस्यको मतगणनाका लागि २ ठाउँमा तीन तीन गरी १२ मतपेटिका खोलिएका छन् ।

त्यसैगरी प्रदेश नम्बर २ को मतगणना अपि हिमाल गाउँपालिका वडा नम्बर ५ र प्रदेश नम्बर १ को मतगणना मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ बाट सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु