logo

bar

गुल्मीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

अच्युत पुरी/टोपलाल अर्याल गुल्मी, २१ मंसिर | मङि्सर २१, २०७४

करिव ६५ प्रतिशत मत खस्यो

गुल्मीका दुई प्रतिनिधि तथा चार प्रदेश सभाका लागि भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । केहि ठाउँमा सामान्य विवाद भएपनि दिनभर जिल्लाको जनजीवन शान्तिपूर्ण र उल्लास पुर्ण नै रह्यो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुरक्षाको अवस्था पनि सामान्य नै रह्यो । जिल्लाको कालिगण्डकी गाउँपालिका ५ को फोक्सिङ्गमा राजनीतिक विवादका कारण झण्डै तीन घण्टापछि मतदान शुरु भएको थियो ।

त्यो बाहेक जिल्लाका सवै मतदान स्थलमा निकै सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए । जिल्लामा करिव ६५ प्रतिशत मत खसेको उनले बताए ।

अहिले जिल्लाका दुर्गमदेखि सुगमका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भएकाले भोलीबाट मात्र मतगणना गरिने बस्यालले बताए । जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभाका लागि नौ दलका ५२ उमेदवार चुनावी प्रतिस्प्रर्धामा रहेका छन् । यहाँ एक सय ३८ मतदान स्थल र दुई सय ५१ मतदान केन्द्र रहेका छन् । जिल्लामा कुल एक लाख ९६ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया