logo

bar

पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना सुरु

नयाँ पत्रिका काठमाडौं, २१ मंसिर | मङि्सर २१, २०७४

गत मंसिर १० मा सम्पन्न ३२ जिल्लाको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मत गणना   सुरु भएको छ । सरकारले मतगणना स्थलमा हुनसक्ने सम्भावित जोखिमतालाई मध्यनजर गर्दै ३२ जिल्लाका मतगणना स्थल वरपर सर्वसाधारणको आवत जावतसमेत प्रतिबन्ध लगाएको छ ।

अफिस, स्कूललगायतका नियमित आवातजावतका लागि पाँच जनाको समूहभन्दा बढीलाई पनि  प्रतिबन्ध लगाएको छ । यस्तै मत गणना स्थल वरपर सुरक्षा व्यवस्थालाई अझ कडा पारिएको छ ।
पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाको लागि ७४ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो ।

आज जारी निर्वाचनको पनि मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया