logo

bar

दिउँसो ३ बजेसम्ममा ५७ प्रतिशत मतदान

नयाँ पत्रिका काठमाडौं, २१ मंसिर | मङि्सर २१, २०७४

निर्वाचन आयोगले दिउँसो ३ बजेसम्ममा ५७ प्रतिशत मतदान भएको जनाएको छ । सबैभन्दा बढी रूपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरंगमा ६२ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु