logo

bar

कास्कीमा शान्तिपूर्ण मतदान जारी

रोहितराज पराजुली कास्की, २१ मंसिर | मङि्सर २१, २०७४

दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान कास्कीमा शान्तिपूर्ण रुपमा जारी रहेको छ । कास्कीमा रहेका मतदान केन्द्रमा मतदाताहरुको घुईचो अझैसम्म पनि कम भएको छैन् । बिहान ७ बजेको तुलनामा अहिले मतदान केन्द्रहरुमा जाने मतदाताको संख्या बढेको छ ।

अहिलेसम्म अधिकास मतदान केन्द्रहरुमा ५५ प्रतिशतभन्दा बढी मतदाताले सपन्न भएको छ । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा ३ प्रतिनिधि र ६ प्रदेश सभा सदस्यको लागि निर्वाचन जारी छ । जहाँ ९५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । २ लाख ५५ हजार ४ सय ५२ जना मतदाता रहेका छन् ।

  

निर्वाचनका लागि कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्र तय गरिएको छ । निर्वाचनका लागि ३ हजार ८ सय ३२ जना कर्मचारी खटिएको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनको तुलनामा मतदान केन्द्रहरुमा मतदातको उपस्थिति भने कम देखिएको छ । मतदान केन्द्र भित्र नेपाल प्रहरी, सशस्त्र र म्यादी प्रहरी र बाहिर नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ ।

स्थानीय तहको भन्दा ३० हजार ६ सय ४१ मतदाता बढी

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा यस पटक कास्कीमा ३० हजार ६ सय ४१ जना मतदाता बढेका छन् । स्थानीय तहको निर्वाचनमा कास्कीमा कुल मतदाताको संख्या २ लाख २४ हजार ८ सय ११ रहेका थिए ।

मतगणना तीन स्थानमा गरिने

आजको मतदान सकिएलगत्तै कास्कीमा फरक–फरक तीनस्थानबाट मतगणना गरिने भएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार, क्षेत्रीय शिक्षा निर्देशनालय पार्दीमा क्षेत्र नम्बर १, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा क्षेत्र नम्बर २ र जिल्ला समन्वय समितिको कार्यालयमा क्षेत्र नम्बर ३ को मतगणना गरिने भएको छ । मतगणनाका छनोट भएका तीनबटै स्थानको दुरी करिब ५० मिटर रहेको छ ।

दुई मतदान स्थलमा पाँच मतदान केन्द्र

कास्कीका एक सय ५० मतदान स्थलमध्ये दुई स्थलमा ५ बटा मतदान केन्द्र रहेका छन् । कास्की क्षेत्रनम्बर २ अन्र्तगत प्रदेश क मा पर्ने पोखरा लेखनाथ महानगरपालिका बडा नम्बर १५ को बडा कार्यालय रहेको मतदान स्थल र क्षेत्रनम्बर २ अन्र्तगत प्रदेश क मै पर्ने पार्दी माविमा रहेको मतदान स्थलमा ५, ५ बटा मतदान केन्द्र छन् । जसमध्ये बडा नम्बर १५ को बडा कार्यालयमा ४ हजार ४ सय ८४ र पार्दीमा ४ हजार ९ सय २९ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु