logo

bar

बहालवाला मन्त्रीकाे गाडीमा मतदाता ओसार्दै !

उपेन्द्र खनाल तनहुँ, २१, मंसिर | मङि्सर २१, २०७४

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदानका क्रममा तनहुँमा बिना विभागीय मन्त्री आशा कोइरालाको बा२ झ २६१६ नम्बरको सरकारी गाडीले आचार संहिता उल्लंघन गरी मतदाता ओसारेको भेटिएको छ । बहालवाला मन्त्रीसमेत रहेकी कोइरालाको गाडीले व्यापक रुपमा आचारसंहिता उलंघन गरेको देखिएको छ ।

तनहुँ क्षेत्र नम्बर २ मा पर्ने शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जनकल्याण मावि मतदान केन्द्रका मतदाताहरुलाई बहालवाला मन्त्री कोइरालाले आफू गाडीबाट ओर्लेर कार्यकर्ता सहित मतदाता ओसारपोेसार गरेको पाइएको छ । उनले आचार संहिता उलंघन गर्दै सरकारी गाडी प्रयोग गरेर मतदातालाई ल्याउने लाने गरेको बताइएको छ । उक्त मतदान केन्द्रका मतदातालाई ९ पटक सम्म ल्याउने लाने गरेको जानकारी आएको छ ।

आचार संहिता उलंघन गरेको सूचना पाएपछि सत्यतथ्य जानकारी लिनका लागि प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्यले अनुसन्धानको टोली खटाएको जानकारी दिए । प्रजिअ शाक्यले सो केन्द्रमा मन्त्री कोइरालाले आचारसंहिता उल्लंघन भएको स्वीकार गरेका छन् ।

लोकतान्त्रिक गठबन्धको पक्षमा उर्लदो जनलहर देखेपछि मन्त्री कोइरालाले सरकारी गाडी प्रयोग गरी मतदाता ओसारपोसार गरेको पाइएको छ । यसबारे बुझ्दा मन्त्री कोइरालाले अपांग, अशक्त मतदातालाई मतदान स्थलसम्म आफ्नो गाडीले लगेको स्वीकार गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु