logo

bar

ओलीले भक्तपुरबाट मतदान गर्दै भने,‘निर्वाचन नगर्ने सरकारको प्रयास असफल भयो’

नयाँ पत्रिका | मङि्सर २१, २०७४

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरस्थित बालकोटबाट मतदान गरेका छन् । उनले मतदानको अन्तिम समयमा मतदान गरेका हुन् । मतदानपछि ओलीले निर्वाचन नगराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असम्भ सावित भएको धारणा राखे ।  ओलीले निर्वाचन रोक्नका लागि देउवाले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका हथकण्डाहरु रचेको आरोप लगाए । उनले एमालेले सरकारको उक्त कार्य रोकेको जिकिर गरे । ओलीले वामगठबन्धनले दुईतिहाई बहुमत ल्याउने पनि दाबी गरे ।

निर्वाचनमा बेला देशका थुप्रै ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा सरकार चुप बसेको, बम पड्काउनेलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश पोखे । उनकी श्रीमति राधिका शाक्यले पनि बालबोटबाटै मतदान गरिन् ।

तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया