logo

bar

बिष्टका आमा–छोराद्धारा एकैपटक मतदान, छाेरा प्रधानमन्त्री बनेको हेर्ने आमाकाे धोको

टोपलाल अर्याल गुल्मी, २१ मंसिर | मङि्सर २१, २०७४

 एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधि सभा उमेदवार गोकर्ण बिष्ट र आमा ८८ वर्षीया चिन्ता कुमारी बिष्टले एकै पटक मतदान गरेका छन् ।

फोटो :  टोपलाल अर्याल  / नयाँ पत्रिका

उनीहरु दुवै जनाले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट बिहिबार बिहान साढे १० बजे मतदान गरेका हुन् । छोरासँगै मतदान गरेकी उनकी आमा चिन्ता कुमारीले छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘धेरै पटक भोट हाने, छोरा र राष्ट्रलाई राम्रै भएको छ । बाचुन्जेल प्रधानमन्त्री बनेको हेर्ने धोका छ ।’

अहिलेसम्म पनि गोकर्ण बिष्टकी आमा भन्न पाएकोमा उनले गर्व गरिन् । साथै मतदान गरे लगत्तै नयाँ पत्रिकार्कीसंग कुरा गर्दै उमेदवार बिष्टले आफ्नो आमाको रहर पुरा गर्ने बताए । ‘मलाई मेरो आमा सपना मात्र होइन, देशका धेरै आमाहरुको सपना पूरा गर्ने उत्प्रेरणा मिलेको छ,’बिष्टले भने, ‘जनताको माया पाए असम्भव छैन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु