logo

bar

भक्तपुरको बालकोटमा कांग्रेसद्वारा एमाले कार्यकर्ता कुटिए

नयाँ पत्रिका काठमाडौं, २१ मंसिर | मङि्सर २१, २०७४

भक्तपुरको बालकोट स्थित गणेश प्रावि मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तालाई कुटपिट गरेका छन् ।कांग्रेस कार्यकर्ता रवि राणाको नेतृत्वमा एमालेका करिब १०० जना कार्यकर्ता कुटिएको अमृत साइन्स क्याम्पसका अनेरास्ववियू अध्यक्ष कमल जोशीले बताए ।

कांग्रेसको कुटाइबाट १३ जना एमालेका कार्यकर्ता गम्भीर घाइते भएका छन् । उनीहरुको नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको जोशीले बताए । कांग्रेसका रवि राणाले एमालेलाई मतदान गर्ने जो कसैको हात काटिदिने चेतावनी दिँदै मतदान गर्न आएका एमालेका मतदातामाथि एक्कासि जाइलागेको जोशीको आरोप छ।

पुन मतदान हुनुपर्ने माग
कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तालाई मतदान गर्नमा बाधा पुराएकाले गणेश प्राविमा पुन: मतदान हुनुपर्ने एमालेको माग रहेको जोशीले बताए । प्रहरीको मिलेमतोमा कांग्रेसका कार्यकर्ता एमालेमाथि जाइलागेको जोशीको आरोप छ । अहिले झपड स्थललाई प्रहरीले नियन्त्रण लिएको छ । मतदान कार्य पनि सुचारु भएको छ।

तपाईको प्रतिक्रिया