logo

bar

बृद्धबृद्धामा देखिएको चुनावी रौनकता (फोटोफिचर)

नयाँ पत्रिका | मङि्सर २१, २०७४

मुलुक यतिवेला संविधान कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो मानिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा १० मंसिरमै मतदान सम्पन्न भइसकेको छ । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सांसद चयनका लागि जनमत मतपेटिकाभित्र रहेको र विहिबार साँझ ५ बजेबाट गणना सुरु हुँदैछ ।

यसबीच दोस्रो चरणको निर्वाचन पनि छिटपुट घटना बाहेक मतदान जारी छ । आगामी २१ मंसिरमा ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभातर्फ १२८ र प्रदेशतर्फ २६५ सांसद चयन हुनेछ । निर्वाचनपछि कसले बहुमत ल्याउला वा कुन दल सबैभन्दा ठूलो बन्ला भन्ने कौतुहलता आम मतदातामा देखिरहेको सन्दर्भका युवादेखि बृद्धबृद्धाले मतदान केन्द्रमा पुगेर रुचाइएको उम्मेदवार र पार्टीलाई गोप्य मतदान गरिरहेका छन् । यसै मेसोमा राजधानीका विभिन्न मतदान केन्द्रबाट मतदान गरिरेहेका बृद्धबृद्धाको तस्बिर नयाँ पत्रिकाका फोटो पत्रकार अमुल थापाले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

डडेल्धुरास्थित अमरगढी, ६ भजनेउटा चौतारोकी ११९ वर्षीया पार्वतीदेवी खड्का मतदान गर्दै । तस्बिर : करन ताम्राकार/नयाँ पत्रिका
१०६ वर्षीया पावर्ती उपाध्याय बाराको जितपुर सिमरा उपमहानगरपालिका औरहा मतदान केन्द्रबाट मतदान गर्दै । उनलाई ६५ वर्षीय छोरा होमथान र ४५ वर्षीय नाती टीकाले बोकेर मतदान केन्द्र लगेका थिए । तस्बिर : इन्दिप कोइराला/नयाँ पत्रिका

१०० वर्षीय कृष्णप्रसाद भट्टराई झापा क्षेत्र नम्बर २ को देवी उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर : लक्ष्मी काफ्ले/नयाँ पत्रिका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु