logo

bar

बम विस्फोटपछि स्थगित भएको मतदान सुरु

ज्ञानु पंगेनी नवलपरासी, २१ मंसिर | मङि्सर २१, २०७४

नवलपरासीको देवचुली नगरपालिका १२ स्थित दिव्य ज्योती आधारभुत विद्ययालय गैडीमा बम विस्फोट भएको छ । मतदान केन्द्रक ५० मिटरको दुरीमा मतदान संचालन भईरहेको विद्यालयको कम्पाउण्ड भित्र विष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताए ।

विस्फोटपछि मतदान करिब आधा घण्टा रोकिएकोमा अहिले मतदान सुचारु गर्न लागिएको समेत उहाले बताउनु भएको छ । बिस्फोट बाट मानविय क्षति भने नभएको समेत प्रहरी उपरिक्षक जिसीले बताउनुु भयो ।

यस्तै देवचुलीकै वडा नम्बर ३ स्थित अम्बास चोकमा पनि बम फेला परेको छ । तिलप्रसाद पाठकको घर पार्कि¨ गरी राखेको कारको पछाडीको भागमा सुतली बम फेला परेको हो । बम सेनाले सुरक्षित स्थानम लगेको र साझ मात्र डिस्पोज गर्ने प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।

यस्तै नवलपरासीको बर्दघाट नगरपालिका ९ स्थित राजा माहात्मा पुर्णभन्द्र माविको मतदान स्थल परीसरमा बम बिस्फोट भएको हो । मतदान स्थलको ५० मिटरको दुरीमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया