logo

bar

उपप्रधानमन्त्री कमल थापाद्वारा मतदान

नयाँ पत्रिका हेटौँडा, २१ मंसिर | मङि्सर २१, २०७४

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान पश्चात उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्ई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यस निर्वाचनले महत्वपूर्ण योगदान रहेको बताए । उनले राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने दृढता व्यक्त गरे ।

उपप्रधानमन्त्री थापाले जनताको आर्थिक समृद्धि गर्ने र राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन प्रमुख दलले आफ्नो दलगत स्वार्थ त्यागेर राष्ट्रको लागि त्याग गर्नुपर्ने समय आएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया