logo

bar

प्यूठानमा १ सय २ वर्षीया मल्लद्धारा मतदानकाे शुभारम्भ

शशिधर भण्डारी प्यूठान, २१ मंसिर | मङि्सर २१, २०७४

गौमुखी गाउँपालिका ३ रजवाराकी १ सय २ वर्षीया दुर्पती मल्लले यस पटक पनि मतदान गर्न छोडिनन् । स्थानीय तहको निर्वाचनमा पनि उत्साहपूर्वक मतदान गर्न गएकी उनले यस पटकको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि एकाबिहानै नाती जित बहादुर मल्लालाई बोक्न लगाएर मतदान स्थलमा लैजान अनुराेध गरिन् ।

उनले स्थानीय खरा मावीमा रहेको मतदान केन्द्रबाट मतदानको शुभारम्भ गरिन । नातीको सहयोगमा मतदान गरेको मतदान अधिकृत भानुभक्त पोखरेलले जानकारी दिए । कर्मचारीको ढिलासुस्तीका कारण ढिलागरी मतदान सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु