logo

bar

२२२ रनकाे लक्ष्य पछ्याउँदै युएर्इ ( LIVE )

नयाँ पत्रिका काठमाडौं, २० मंसिर | मङि्सर २०, २०७४


विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले  युएईका सामना गरिरहेकाे छ ।  अहिले ब्याटिङ गरिरहेकाे युएर्इ २२२ रनको लक्ष्य पछ्याइरहेकाे छ ।

२२२ रनकाे लक्ष्य
टस जितेर युएर्इले बलिङ राेजेपछि नेपाल पहिले ब्याटिङ गर्दै २२१ रन बनाएकाे थियाे ।  शरद भेसावकर र ज्ञानेन्द्र मल्लको अर्धशतक मद्धतले नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको हो । पूरै ५० ओभर खेलेको नेपालले ६ विकेटको क्षतिमा २२१ रन बनायो ।

सुरुआतदेखि नै सुस्त गतिमा रन बनाएको नेपालले अन्तिम ओभरतिर तेज रन बनाएको हो । नेपालका लागि सबैभन्दा महत्वपूर्ण योगदान भेसावकरको रह्यो । ९५ बल खेलेका उनले अविजित ८१ रन बनाए भने उपकप्तान मल्लले ८३ बलमा ५४ रनको योगदान गरे ।

ओपनिङ गर्न आएका दिलीप नाथले ३९ बलमा १६, कप्तान पारस खड्काले ३६ बलमा २०, सोमपाल कामीले १९ बलमा २० तथा अविजित रहेका बसन्त रेग्मीले १५ बलमा १४ रन बनाए ।

आरिफ शेख ७ बल खेलेर कुनै रन नबनाई रन आउट हुँदा क्रिजमा आएका विनोद भण्डारी पनि चल्न सकेनन् । उनले ६ बल खेल्दै जम्मा ४ रन बनाए ।

अब केहीबेरमा नेपालले बलिङ सुरु गर्ने छ । युएईलाई मध्यम रनको लक्ष्य पूरा गर्न नदिन अब जिम्मेवारी नेपाली बलरको काँधमा आएको छ ।

सन्दीप लामिछाने, वसन्त, सोमपाल, शक्ति गौचनसँगै ललितसिंह भण्डारीले आफ्नो कमाल देखाउनुपर्नेछ । नेपालको बलिङ स्पेल पनि नयाँ पत्रिकाले लाइभ दिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु