logo

bar

कंग्रेस अध्यक्षमा राहुल निर्विरोध

एजेन्सी नयाँदिल्ली, २० मंसिर | मङि्सर २०, २०७४

 भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीको विजय सुनिश्चित भएको छ । सो पदमा राहुलको मात्र उम्मेदवारी परेकाले उनको विजय निश्चित भएको हो।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबार राहुलबाहेक अरू कसैको उम्मेदवारी नपरेकाले उनको विजयी निश्चित भएको हो ।

हाल सोनिया गान्धी भारतीय कंग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ वर्षदेखि कंग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै सोनियाले पद छोड्न लागेकी हुन् । उनका पुत्र राहुल विगत पाँच वर्षदेखि कंग्रेसको पार्टी उपाध्यक्ष छन् ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनियाले सो पदमा पुत्र राहुललाई चयन गर्ने इच्छा देखाउँदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया