logo

bar

दोस्रो टेस्टमा इंग्ल्यान्ड जितनजिक

एजेन्सी एडिलेड, २० मंसिर | मङि्सर २०, २०७४

अस्ट्रेलियामा जारी एसेज सिरिजको दोस्रो टेस्टमा इंग्ल्यान्ड जिततर्पm उन्मुख भएको छ । जोए रुटको उत्कष्ट प्रदर्शनमा इंग्ल्यान्ड चौथो दिन जितबाट १ सय ७८ रनले टाढा छ । पहिलो टेस्टमा १० विकेटको प्रभावशाली जित निकालेको अस्ट्रेलिया दोस्रो टेस्टमा भने इंग्ल्यान्डसँगको हार टार्न संघर्षरत छ ।

अस्ट्रेलियाले इंग्ल्यान्डलाई जितका लागि ३ सय ५४ रनको लक्ष्य प्रस्तुत रेको थियो । जवाफमा इंग्ल्यान्ड समालिएर क्रिजमा रहेको छ । एडिलेड ओभलमा पाहुना टोली इंग्ल्यान्डले चौथो दिनको समाप्तिमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको छ ।

१ सय ७८ रन आवश्यक
पाँचौँ दिन इंग्ल्यान्डलाई जितका लागि १ सय ७८ रन मात्रै चाहिएको छ । इंग्ल्यान्डसँग अब ६ विकेट बाँकी छन् । इंग्ल्यान्डलाई जिततर्फ अग्रसर बनाउने क्रममा जोए रुटले अविजित ६७ रन बनाएर क्रिजमा रहेका छन् । रुटले १ सय १४ बलमा ९ चौका प्रहार गरेका छन् ।

त्यस्तै, इंग्ल्यान्डका लागि मार्क स्टोनम्यानले ३६, डेबिड मलनले २९ रनको योगदान दिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले २ विकेट लिएका छन् । त्यस्तै नाथन लियोन र पाट कुमिन्सले समान १ विकेट लिए ।

१ सय ३८ रनमा अलआउट
अस्ट्रेलियाले आफ्नो दोस्रो इंनिगमा निकै खराब प्रदर्शन गर्‍यो । तेस्रो दिन दोस्रो इंनिग सुरु गरेको अस्ट्रेलियाले ५३ रन जोड्दा ४ विकेट गुमाएको थियो । यस्तोमा अस्ट्रेलियाले मंगलबार पनि कुनै चमत्कार गर्न सकेन् । अस्ट्रेलिया १ सय ३८ रनमै अलआउट हुन पुगेको थियो । अस्ट्रेलियालाई सस्तैमा समेटेपछि उत्साही बनेको इंग्ल्यान्ड ब्याटिङमा समालिएको थियो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र मिचेल स्टार्कले समान २० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीको प्रदर्शनले २० रनको आकडा छुन सकेन ।

  • इंग्ल्यान्डले पाँचौँ दिन जित निकालेमा चौथो इंनिगमा फराकिलो रन चेजको कीर्तिमान बनाउनेछ । यसअघि १९२८ मा इंग्ल्यान्डले अस्ट्रेलियाको मेलबर्नमा ३३२–७ को रन चेज गरेको थियो ।
  • इंग्ल्यान्डका लागि एडिलेड ओभलमा जित निकाले सर्वाधिक ठूलो रन चेज हुनेछ । यसअघि १९०२ मा इंग्ल्यान्डको एडिलेडमा ३१५–६ को कीर्तिमान छ ।
  • इंग्ल्यान्डले अस्टे«लियालाई पराजित गरेमा टेस्ट क्रिकेटमा चौथो इंनिगमा १०औँ ठूलो चेज हुनेछ

दोस्रो इंनिगमा ‘कमब्याक’
इंग्ल्यान्डले आफ्नो पहिलो इंनिसमा खराब प्रदर्शन गर्दै २ सय २७ रनमै अलआउट भएको थियो । यद्यपि अस्ट्रेलियाले भने पहिलो इंनिगमै ४ सय ४२ रनको समानजनक स्कोर खडा गरेको थियो । तर, अस्ट्रेलिया दोस्रो इंनिगमा चुक्दा इंग्ल्यान्डले ‘कमब्याक’ को मौका पायो । पहिलो इंनिगमा ओभरटनले ४१ र एलस्टाइर कुकले ३७ रन बनाए पनि अन्य खेलाडी भने अस्ट्रेलियन बलरसामु खुलेर खेल्न असफल भएका थिए । ५ खेलको एसेज टेस्ट सिरिजमा अस्ट्रेलिया १–० ले अघि छ ।

एन्डरसनको ५ विकेट
अस्ट्रेलियाविरुद्ध हाबी हुने क्रममा इंग्ल्यान्डका जेम्स एन्डरसन एक्लैले ५ विकेट लिए भने उनलाई क्रिस बक्सले ४ विकेट लिएर साथ दिए । इंग्ल्यान्डका लागि अर्को एक विकेट क्राइग ओभरटनको नाममा रह्यो । एन्डरसनले २२ ओभर बलिङ गरेर ७ मेडन फाल्दै ४३ रन खर्चिएर ५ विकेट लिएका थिए । त्यस्तै १६ ओभर बलिङ गरेका बक्सले ३६ रन दिएर ३ मेडन फाल्दै ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले आफ्नो पहिलो इंनिगमा ८ विकेटको क्षतिमा ४४२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि शावन मार्सले नटआउट १२६ रनको पारी खेलेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु