logo

bar

श्रीलंकालाई चार सय १० रनको लक्ष्य

एजेन्सी दिल्ली, २० मंसिर | मङि्सर २०, २०७४

फिरोज शाह कोटला मैदानमा जारी तेस्रो तथा निर्णायक टेस्टमा भारतले श्रीलंकालाई जितका लागि ४ सय १० रनको लक्ष्य दिएको छ । चौथो दिन नै ब्याटिङ सुरु गरेको श्रीलंकाले भने राम्रो सुरुवात गर्नबाट चुकेको छ ।

श्रीलंकाको खराब सुरुवात
भारतले दिएको ४ सय १० रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन खराब सुरुवातको सिकार भयो । श्रीलंकाले १६ ओभरमा ३३ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमायो । श्रीलंकाका लागि दिमुथ करुणारत्ने ४६ बलमा १ चौका प्रहार गर्देै १३ रन बनाएर पेभिलियन फर्किए । त्यस्तै सदिरा समाराविक्रम ५ रनमा नै आउट हुँदा सुरंगा लकमाल खाता नखोल्दै जडेजाद्वारा बोल्ड भएका थिए ।
चौथो दिनको समाप्तीमा श्रीलंकाका धनन्जया डी सिल्भा १३ तथा एन्जेलो म्याथ्युज शून्य रनमा क्रिजमा रहेका छन् । श्रीलंकालाई दोस्रो इंनिगमा निराश पार्ने क्रममा रवीन्द्र जडेजाले दुई विकेट लिए भने मोहमद सामीले १ विकेट लिए ।

दोस्रो इंनिगमा २ सय ४६ रन
श्रीलंकालाई पहिलो इंनिगमा ३ सय ७३ रनको अवस्थामा अलआउट गरेको भारतले चौथो दिन दोस्रो इंनिग ५ विकेट गुमाएर २ सय ४६ रन जोड्दा इंनिग समाप्तीको घोषणा गरेको थियो । दोस्रो इंनिगमा भारतका लागि शिखर धवनले ६७ रन बनाए भने चेतेश्वर पुजाराले ४९ रन बनाए । त्यसबाहेक कप्तान विराट कोहोलीले ५० रनको अर्धशतकीय इंनिग खेले । त्यसपछि भारतले रोहित शर्माले अर्धशतक बनाएको अवस्थामा इंनिग समाप्तीको घोषणा गरेको थियो । रोहितले ४९ बलमा अर्धशतक पूरा गरेका थिए । यसअघि भारतले पहिलो इंनिग ५ सय ३६ रनको अवस्थामा घोषणा गरेको थियो । जवाफमा श्रीलंकाले ३ सय ७३ रन बनाउँदा आफ्ना सम्पूर्ण विकेट गुमाएको थियो ।

सर्वाधिक रन बनाउने खेलाडी बने पुजारा
आफ्नो उत्कृष्ट फर्ममा रहेका भारतीय ब्याट्सम्यान चेतेश्वर पुजारा श्रीलंकाविरुद्धको अन्तिम दिन ४९ रन बनाएपछि उनी यो वर्ष सर्वाधिक धेरै रन बनाउने खेलाडी बनेका छन् ।

पुजाराले सन् २०१७ मा ११ टेस्ट खेलबाट ६७.०५ को औसतमा ११४० रन बनाए । पुजारा यो वर्ष एक हजार रन पूरा गर्ने ४ ब्याट््सम्यानको सूचीमा अग्रस्थानमा छन् । पुजारासँगै हजार रन क्रस गर्ने खेलाडीमा डिन एल्गर(साउथ अफ्रिका), दिमुथ करुणारत्ने (श्रीलंका) र भारतीय कप्तान विराट कोहली छन् ।

धवनको २ हजार रन पूरा
भारतीय ब्याट्सम्यान शिखर धवनले श्रीलंकाविरुद्ध आफ्नो जन्म दिनमा ६७ रनको अर्धशतकीय इंनिग खेलेपछि टेस्ट क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । धवनले १ सय १५ खेलबाट प्रथम श्रेणी क्रिकेटमा ८ हजार रन पूरा गरे ।

तीन सिरिजमा कोहलीको ६ सयभन्दा बढी रन
यो वर्ष एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका विराट कोहलीले मंगलबार श्रीलंकाविरुद्धको अन्तिम सिरिजको दोस्रो इंनिगमा ५० रन बनाएसँगै तीन सिरिजमा ६ सय बढी रन बनाउने पहिलो भारतीय खेलाडी बने ।

कोहलीले श्रीलंकाविरुद्धको तीन टेस्टको सिरजमा ६ सय १० रन बनाए । यसअघि कोहलीले सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध ६ सय ५५ रन बनाएका थिए । भने सन् २०१४ मा अस्टे«लियाविरुद्ध ६ सय ९२ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया