logo

bar

अरुण तेस्रोको नेपाल प्रमुखमा नन्दलाल शर्मा

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर | मङि्सर १९, २०७४

अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सरकारी कम्पनी एसजेभिएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले नेपालका लागि नयाँ प्रबन्ध निर्देशक नन्दलाल शर्मालाई नियुक्ति गरेको छ । उनी यसअघि एसजेभिएन इन्डियाको डाइरेक्टरका रूपमा थिए ।

शर्मा सन् २००८ मा एसजेभिएनमा मानव संसाधन विभागमा एक्ज्युकेटिभ डाइरेक्टरका रूपमा प्रवेश गरेका थिए । उनले हिमाञ्चल प्रदेश सरकारमा सहायक कमिसनर, मुख्यमन्त्रीका सहायक सचिव, स्वास्थ्य मुख्यसचिव, आयुर्वेद विभागका निर्देशकलगायतमा काम गरेका थिए ।

कृषि अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले स्लोभानियाबाट सन् १९८७ मा एमबिए गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यवस्थापन र रणनीतिक दृष्टिमा २८ वर्षको अनुभव भएको भन्दै शर्माले नेपालमा अरुण तेस्रोको काम समयमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया