logo

bar

नेपाली राजनीतिमा गठबन्धन संस्कृति

प्रकाशचन्द्र लोहनी काठमाडाैं | मङि्सर १९, २०७४

निर्वाचनमा गठबन्धन
राजनीतिक दलहरूले निर्वाचनको समयमा गठबन्धन बनाएर आफू बलियो बन्ने र गठबन्धनको माध्यमबाट सत्तामा पुग्ने अभ्यास गर्नु स्वाभाविक हो । यसलाई अन्यथा सोच्नुपर्ने कुनै कारण छैन । नेपालमा मात्रै नभई विश्वका धेरै देशमा यस्ता अभ्यास भइरहेका छन् । दुईभन्दा बढी दल भएको देशमा निर्वाचनमा यस्तो गठबन्धन बन्नु झन्डैझन्डै स्वाभाविकजस्तै देखिन्छ । त्यसैले पंक्तिकार यसलाई नकारात्मक रूपमा हेर्ने पक्षमा छैन । तर, गठबन्धनका नाममा कसैले कति दिन्छ र कति लिन्छ, त्योचाहिँ महत्वपूर्ण हुने गर्छ ।

नेताहरूले आआफ्नो व्यक्तिगत जित सुनिश्चित गराउन गरिएको यस्तो खालको गठबन्धनको कुनै औचित्य छैन । तर, सैद्धान्तिक आधारसहित कुनै गठबन्धन बन्छ भने त्यसबाट कसैले आत्तिनुपर्ने कारण पनि छैन र त्यस्तो गठबन्धन बन्नु अन्यथा पनि होइन ।

गठबन्धनको नाममा आफूले दुई–चार सिट मात्र लिएर बाँकी सबै अरूलाई छाडिदिनुचाहिँ गठबन्धन होइन, लम्पसारवाद मात्र हो । यस्तो गर्नु गठबन्धन नभई सीमित नेताको स्वार्थलाई मात्र हेरिएको हो । नेताहरूले आआफ्नो व्यक्तिगत जित सुनिश्चित गराउन गरिएको यस्तो खालको गठबन्धनको कुनै औचित्य छैन । तर, सैद्धान्तिक आधारसहित कुनै गठबन्धन बन्छ भने त्यसबाट कसैले आत्तिनुपर्ने कारण पनि छैन र त्यस्तो गठबन्धन बन्नु अन्यथा पनि होइन ।

वाम गठबन्धन
पछिल्लो समय वाम गठबन्धनको नाममा एउटा गठबन्धन बनेको छ । नेपालमा वास्तविक कम्युनिस्ट कोही पनि छैन । माक्र्सवादको सिद्धान्त कता पुगिसक्यो, स्वयंलाई कम्युनिस्ट भनेर चिनाउने दल र तिनका नेतालाई नै थाहा छैन होला । अहिले नेपालमा कम्युनिस्टको नाम लिए पनि कम्युनिस्ट भनिने दल र तिनका नेताको मुख्य उद्देश्यचाहिँ जसरी हुन्छ सत्तामा पुग्ने वा सत्ता कब्जा गर्ने नै देखिन्छ । यस्तो स्थितिमा उनीहरूमा कम्युनिस्ट पार्टीका केही सीमित मूल्य मान्यता भने कायमै रहन्छन् ।

पछिल्लो समय नेपालमा खडा भएको वाम गठबन्धनको सैद्धान्तिक परिवेश केही पनि देखिँदैन । यसको एउटै मात्र परिवेश भनेको सत्तामा पुग्नु नै हो । गठबन्धनको बलमा जसरी भए पनि सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछि त्यहाँ अडिन राज्यको साधन, स्रोत र शक्तिको दुरुपयोग गर्ने अनि त्यसैको बलमा फेरि सत्तामा पुग्ने नै अहिलेको गठबन्धनको मूल ध्येय देखिन्छ । सत्ताबाट पैसा र पैसाबाट पुनः सत्ताको चक्र चलाइरहने अभीष्ट देखिन्छ यो गठबन्धनको ।

कम्युनिस्ट ‘डक्ट्रिन’ मा कम्युनिस्ट पार्टीको मात्र अस्तित्व स्विकारिन्छ । त्यहाँ अरू पार्टीको कुनै अस्तित्व स्विकारिँदैन । माक्र्सदेखि सुरु भएको कम्युनिस्ट सिद्धान्त र लेनिनले खडा गरेको संगठनको आधार पनि त्यही हो । त्यसमा कम्युनिस्ट पार्टी नै सर्वोच्च हुन्छ । शासन पनि त्यही कम्युनिस्ट पार्टीले नै गर्छ । बहुदलीय प्रतिस्पर्धा स्विकारे पनि कम्युनिस्ट पार्टी र तिनका नेताहरू सत्तामा पुगिसकेपछि आफ्नो आधिपत्य जमाउने दिशामा केन्द्रित हुने गरेका छन् ।

मानिसको डिएनएले उसको व्यक्तित्व परिभाषित गरेजस्तै कम्युनिस्ट पार्टी र नेताहरूको डिएनएमा पनि पार्टीको सर्वोच्चता र एकदलीय आधिपत्य रहिरहेको हुन्छ । उनीहरूले प्रजातन्त्रको जतिसुकै अभ्यास गरे पनि अचेतन मनमा त्यो रहिरहेकै हुन्छ । तर, त्यो एकदलीय अतिवादतिर जान खोजेको अवस्थामा चाहिँ संविधानले त्यसलाई रोक्न सक्ने सम्भावना भने आफ्नो ठाउँमा छँदै छ । तर, त्यसो भन्दैमा त्यो प्रवृत्ति नै रहँदैन भन्ने चाहिँ होइन ।

पछिल्लो समय नेपालमा खडा भएको वाम गठबन्धनको सैद्धान्तिक परिवेश केही पनि देखिँदैन । यसको एउटै मात्र परिवेश भनेको सत्तामा पुग्नु नै हो । गठबन्धनको बलमा जसरी भए पनि सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछि त्यहाँ अडिन राज्यको साधन, स्रोत र शक्तिको दुरुपयोग गर्ने अनि त्यसैको बलमा फेरि सत्तामा पुग्ने नै अहिलेको गठबन्धनको मूल ध्येय देखिन्छ । सत्ताबाट पैसा र पैसाबाट पुनः सत्ताको चक्र चलाइरहने अभीष्ट देखिन्छ यो गठबन्धनको । त्यसैले, यस गठबन्धनको ‘ल्यान्डिङ ग्राउन्ड’चाहिँ दक्षिणपन्थी अधिनायकवाद नै हो । तर, नेपालको परिपे्रक्षमा अहिलेको वाम गठबन्धन साँच्चै कायम रहला त भन्ने प्रश्न पनि उठेको छ ।

 

आगामी निर्वाचनमा उहाँहरूले कल्पना गरेजस्तै वाम गठबन्धनको सिट आयो र उसले सरकार बनाउन पायो भने पनि प्रचण्डजी र ओलीजीले आलोपालो अढाइ–अढाइ वर्ष सरकारको नेतृत्व गर्ने खालको अर्को निर्णय नहोला भन्न सकिन्न । र, कथं उहाँहरूको कल्पनाअनुरूप निर्वाचनमा सिट आएन भने त्यतिखेर अरूसित मिलेर सरकार गठन गर्ने क्रममा कसले कोसित गठबन्धन गर्छ, त्यो आजै भन्न सकिन्न । त्यस्तो अवस्थामा पार्टी एकतासम्मको कुरा त परैको भयो, गठबन्धनकै भविष्य अन्योलमा पर्नेछ ।

 

वाम गठबन्धन बन्नुमा सिद्धान्तले भन्दा पनि व्यक्तित्वले काम गरेको देखिन्छ । केपी शर्मा ओलीजीको पार्टीले लामो समयदेखि संसदीय अभ्यास नै गरेर आएको छ । त्यस अर्थमा उहाँको पार्टीको कम्युनिस्ट चरित्रका चुच्चाचाच्ची केही हदसम्म सम्मिइसकेका छन् । संसदीय चरित्रलाई एक हदसम्म स्विकारेर त्यसैअन्तर्गत खेल्ने बाटोमा उहाँहरू हिँड्दै आउनुभएको पनि छ । तर, प्रचण्डजीको चरित्रचाहिँ त्यस्तो होइन । प्रचण्डजीको अहिलेसम्मको राजनीतिक क्रियाकलाप हेर्दा उहाँको अगाडिचाहिँ आफ्नो स्वार्थअनुकूल हुनासाथ कुनै पनि सिद्धान्त वा गठबन्धन कुनै पनि वेला गौण बन्न गएको देखिन्छ । उहाँले कांग्रेससित गठबन्धन गर्नुभयो । कांग्रेसले उहाँका लागि गर्नुसम्म गरेकै पनि हो । भरतपुर महानगरमा प्रचण्डजीकी छोरीले जित्नुभएको छ, उहाँको कार्यकालको सफलताको कामना पनि छ । तर, जसले जे भने पनि उहाँलाई झेली गरेरै जिताइएको हो । कानुनी पक्ष आफ्नो ठाउँमा होला, तर जनताको नजरमा हेर्दाचाहिँ एमालेका उम्मेदवारमाथि अन्याय गरेरै जिताइएको हो । त्यसरी झेली गरेर जिताउने कार्यमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सम्मिलित हुनुहुन्थ्यो । त्यो हदसम्म आफूलाई गरेको सहयोग भुलेर उहाँले तुरुन्तै शेरबहादुरजीलाई लात हानेर केपी ओलीजीकहाँ गठबन्धन गर्न जानुभयो भने भोलि केपी ओलीजीलाई पनि लात हानेर आफ्नो स्वार्थका लागि फेरि अर्कातिर नजानुहोला भन्न सकिन्न ।

आगामी निर्वाचनमा उहाँहरूले कल्पना गरेजस्तै वाम गठबन्धनको सिट आयो र उसले सरकार बनाउन पायो भने पनि प्रचण्डजी र ओलीजीले आलोपालो अढाइ–अढाइ वर्ष सरकारको नेतृत्व गर्ने खालको अर्को निर्णय नहोला भन्न सकिन्न । र, कथं उहाँहरूको कल्पनाअनुरूप निर्वाचनमा सिट आएन भने त्यतिखेर अरूसित मिलेर सरकार गठन गर्ने क्रममा कसले कोसित गठबन्धन गर्छ, त्यो आजै भन्न सकिन्न । त्यस्तो अवस्थामा पार्टी एकतासम्मको कुरा त परैको भयो, गठबन्धनकै भविष्य अन्योलमा पर्नेछ ।

लोकतान्त्रिक गठबन्धन
वाम गठबन्धन बनेपछि लोकतान्त्रिक गठबन्धन पनि बनाउने हल्लाखल्ला खुबै सुनियो । आखिर यो लोकतान्त्रिक गठबन्धन भनेको के हो ? कांग्रेसको नेतृत्वमा अन्य साना दललाई राखेर जुन गठबन्धन बनाउने कसरत गरियो या बनाइयो, यो एउटा तात्कालिक प्रतिक्रिया मात्र हो । लोकतान्त्रिक गठबन्धन भन्ने नाम दिइए पनि यसको पनि कुनै सैद्धान्तिक आधारभूमि छैन । कांग्रेस आफैँले कहिल्यै लोकतन्त्र लागू गरेको छैन । के कांग्रेस विश्वेश्वरप्रसाद कोइरालाको पार्टी होइन ? के त्यो पार्टीभित्र कोइरालाका अवधारणा लागू भएका छन् त ? कांग्रेसको अहिलेको सिद्धान्तमा बिपीको समाजवादको ‘स’ पनि छैन । कांग्रेस नेताहरूले आफू सत्तामा हुँदा अर्बौंका सार्वजनिक संस्थान बेचेर पैसा खाएका छन् । त्यसैले लोकतान्त्रिक गठबन्धनको मुख्य नेता मानिएको कांग्रेस नै सत्ताका लागि पैसा र पैसाका लागि सत्तामा विश्वास गर्ने शक्ति हो । यस अर्थमा कांग्रेस र वाम गठबन्धनमा कुनै अन्तर छैन । दुवै शक्तिबाट इमानदारी र नेपाली जनताप्रतिको संवेदनशीलताको आशा गर्नु व्यर्थ हो । दुवै गठबन्धनको उद्देश्य जसरी भए पनि सत्तामा पुग्ने र पैसा कमाउनेसिवाय केही छैन । अझ कांग्रेस त अराजक पनि हो । एउटा अराजक र भ्रष्ट गठबन्धन हो भने अर्को सत्ताविहीन अवसरवादको गठबन्धन हो । त्यसैले अहिलेको निर्वाचनपछि यी दुवै गठबन्धनले देशमा राजनीतिक स्थिरता र समृद्धि ल्याउँछन् भनेर विश्वास गर्न सकिने कुनै आधार छैन ।

नेपाल थप चार–पाँच वर्ष पुनः अस्थिर रूपमै अघि बढ्ने स्थिति देखिँदै छ । पात्र यिनै हुन्, चरित्र यही हो, नियत यही हो । उनीहरूको मूल्य–मान्यतामा कहीँ कतै, केही पनि परिवर्तन भएको छैन । एकथरीले भन्ने गरेका छन्– अब निर्वाचनपछि मुलुकको समृद्धिको सुरुवात हुन्छ । त्यो गलत तर्क मात्र हो । अहिले पनि शेरबहादुरजीको सरकार जनताबाट अनुमोदित सरकार नै हो । उहा“भन्दा अगाडिको सरकार पनि जनताबाटै छानिएर आएको थियो । अहिले पनि निर्वाचित संवैधानिक सरकार नै कायम छ । तर, यो सरकारको गतिविधि भने जनमैत्री, विकासमैत्री केही पनि छैन । राजधानीभित्रैका कतिपय सडक बगरमा परिणत भइसकेका छन् । तिनै सडकबाट सरकारका प्रधानमन्त्री, मन्त्री, सचिव वा योजना आयोगका हाकिमहरू पनि यात्रा गर्छन् । तर, उनीहरू कसैले पनि त्यसको वास्ता गरेका छैनन् । उनीहरूले जनताप्रति संवेदनशीलता देखाएका छैनन् । उनीहरूको यो चरित्र अहिलेको निर्वाचित सरकारमा पनि छ र भोलि निर्वाचित भएर आउने अर्को सरकारमा पनि कायमै रहनेछ । रातारात परिवर्तन भएर उसको चरित्रै फेरिने होइन ।

अन्त्यमा
निर्वाचन प्रजातन्त्रको एउटा भरपर्दो आधार त हो । तर, निर्वाचनको नाममा चुनावी अधिनायकवादतर्फ लान खोजिँदै छ । सत्तामा बस्नेले आफ्ना मान्छे राख्ने, तिनीहरूबाट जायज, नाजायज सबै काम गराउने र भागबन्डामा देश चलाएर सीमिति व्यक्ति र समूहबीचको बाँडीचुँडीमा राज्यका स्रोत, साधनको दोहन गर्ने जुन अपसंस्कार देशमा मौलाइरहेको छ, यसबाट देशमा आर्थिक समृद्धिको सपना देख्नुको अर्थ छैन ।
(डा. लोहनी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष हुन्) 

तपाईको प्रतिक्रिया